Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मनिषाकाे हातमा

खबरडबली संवाददाता

भैरहवा । मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मनिषा सर्माले हात पारेकी छन । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवा द्वारा आयोजि मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । 

मंगलापुरकी चेली मनिषा सर्मालाई परिवारमा एक दिदिको मात्र सपोर्ट रहेको र उपस्थित सबै दर्शकरुको मायाले उनले जित हात पार्न सफल भएकी हुन । उनको जितले सबैलाई निकै भाबुक बनाएको थियो । आमाहरुको सपना र एक गृहणी भएर पनि यसरी आफ्नो सपना पुरा गर्ने उर्जा लिएर आएकी सर्माको जित सबैमा प्रेरणाको श्रोत बन्न पुग्यो । 

यसैगरी उपबिजेता भैरहवा कि आभा मल्ल भएकी हुन । उनले १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिएको थिायो । यसैगरी तेस्रो स्थानमा बुटवलकी दुर्गा राना रहेकी छन । उनले १० हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् । दर्शकको राजाईमा भने मंगलापुर सेमराकी रेनु गुरुङलाई ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर दिइएको थियो । 

भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र  कोरियोग्राफर मुकेश गुरुङ जजमेन्टमा उनिहरुलाई प्रथम दोश्रो र तेश्रो को स्थान दिइएको थियो । कार्यक्रमको संचालन दुर्गा गुरुङले गरेकी थिइन् । फाइनलमा रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरुको सहभागीता रहेका थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाका प्राचार्य तथा आयोजक रचना क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending