काठमाडौं । नेपालमा चरा तथा पन्छीमा लाग्ने अतिसंक्रामक ‘बर्ड फ्लू’ रोग ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। गत चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा पुष्टि भएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ। त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।
संक्रमण तीव्र रूपमा फैलिन थालेपछि कोशी प्रदेशमा एक महिनासम्म पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा रोक लगाइएको थियो। हाल अधिकांश प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा आइसकेपछि उक्त प्रतिबन्ध क्रमशः खुकुलो बनाइएको छ।
विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणको अवस्थामा पुगेको छ। तर काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेका केही स्थानमा अझै बर्ड फ्लूको प्रकोप देखिएकाले विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ।
संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयमार्फत उच्च निगरानी, गस्ती परिचालन तथा अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गर्ने कार्यसमेत गरिएको विभागले जनाएको छ। रोग नियन्त्रण तथा अनुगमनका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष ‘बर्ड फ्लू नियन्त्रण कक्ष’ समेत स्थापना गरेको छ।
विभागले किसान तथा व्यवसायीलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ लागू गर्न आग्रह गरेको छ। पुराना अण्डा क्रेट पुनः प्रयोग नगर्ने, ढुवानीका साधनलाई निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउने तथा कागलगायत जंगली चराचुरुङ्गीलाई दानामा पहुँच नपुग्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ।
यस्तै पन्छी तथा पन्छीजन्य उत्पादनको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने विभागले जनाएको छ। सम्बन्धित निकायले समयमै सावधानी नअपनाए बर्ड फ्लूले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याउन सक्ने चेतावनी पनि दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: