कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित कार्यक्रममा सहभागी नेताहरूले स्थानीय तहदेखि केन्द्रसम्म संगठन पुनर्गठन आवश्यक रहेको बताएका थिए। छलफलमा बोल्ने अधिकांशले नयाँ नेतृत्व र नयाँ कार्यदिशाबिना एमालेलाई पुनः जनतामाझ स्थापित गर्न कठिन हुने निष्कर्ष सुनाएका छन्।
भेलामा सहभागी एक नेताका अनुसार करिब ६० प्रतिशत सहभागीले वर्तमान नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए। विशेषगरी रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीका नेताहरूले पार्टीको कमजोर अवस्थाको मुख्य जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने भन्दै नेतृत्व हस्तान्तरणको पक्षमा खुलेर बोलेका थिए।
लुम्बिनी एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गृह प्रदेशसमेत भएकाले यहाँबाट उठेको सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय पार्टीभित्र पुनर्गठनको बहस तीव्र बन्दै गएका बेला लुम्बिनीबाट आएको सुझावले नेतृत्वमाथिको दबाब झन् बढाएको छ।
यद्यपि अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनभन्दा पार्टी एकता, सुदृढीकरण र प्रभावकारी पुनर्गठन अहिलेको आवश्यकता भएको बताएका छन्। एमाले सचिव महेश बस्नेतमार्फत दिइएको सन्देशमा ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै परिवर्तन हुने संगठनात्मक परम्परा स्मरण गराउँदै ‘बेमौसमी नेतृत्व बहस’ले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
एमालेले गठन गरेको सुझाव संकलन कार्यदलले सातै प्रदेशबाट राय संकलन गरिरहेको छ। तर लुम्बिनीमा उठेको नेतृत्व परिवर्तनको आवाजले आगामी दिनमा एमालेभित्रको शक्ति सन्तुलन र आन्तरिक बहसलाई थप तात्ने संकेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...
आषाढ़ ५ गते, २०८३ - ०७:१५
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...



प्रतिकृया लेख्नुहोस्: