खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि विशेष बजेट व्यवस्था गरेको छ। नगरपालिकाले ‘बाली हेराला’ कार्यक्रम सञ्चालन गर्दै किसानका बाली जोगाउने योजना अघि सारेको हो।
मंगलबार सम्पन्न नगरसभामा उपमेयर विसन राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदर तथा अन्य हानिकारक वन्यजन्तुबाट हुने बाली नोक्सानी नियन्त्रणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बाँदरको बढ्दो आतंकका कारण किसानहरू खेतीपाती गर्नै निरुत्साहित हुन थालेको उल्लेख गर्दै यसको समाधानका लागि ‘बाली हेराला’ परिचालन गर्ने योजना सार्वजनिक गरेका थिए। सोही कार्यक्रम कार्यान्वयनका लागि बजेटसमेत छुट्याइएको हो।
पछिल्ला वर्षहरूमा खोटाङका विभिन्न गाउँबस्तीमा बाँदरको आतंक बढ्दै जाँदा मकै, कोदो, फलफूल तथा तरकारी बालीमा ठूलो क्षति हुने गरेको किसानहरूको गुनासो छ। खेती लगाउनेदेखि बाली भित्र्याउने समयसम्म बाँदर धपाउनै दिन बित्ने अवस्था भएपछि स्थानीय तहले यसलाई प्राथमिकतामा राखेको जनाएको छ।
नगरपालिकाले तत्कालका लागि बाली संरक्षणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन रूपमा बाँदर व्यवस्थापनका उपाय खोज्ने जनाएको छ। यसका लागि संघीय सरकार, सम्बन्धित निकाय तथा छिमेकी स्थानीय तहसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन योजना बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, कृषि उत्पादन वृद्धि र किसानलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले ‘किसानलाई के चाहिन्छ ?’ अभियान पनि सञ्चालन गरिने भएको छ। यस कार्यक्रमअन्तर्गत कृषि प्राविधिकलाई किसानको घरदैलोमा पुर्याइने, उन्नत बीउबिजन वितरण गरिने तथा एकीकृत घुम्ती कृषि शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको यो कार्यक्रमले बाँदरको समस्याबाट हैरान किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। तर दीर्घकालीन समाधानका लागि वन्यजन्तु व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति र अन्तरनिकाय समन्वय आवश्यक रहेको स्थानीय किसानहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: