Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

बंगलादेशमा अवामी लिग नेताको होटलमा आगलागी, २४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । बंगलादेशको एक होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ ।  रिपोर्टका अनुसार सो होटलमा सोमबार आगलागी भएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल थियो।

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो । अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन्, जसका कारण उद्धार कार्य ढिलो भएको थियो ।

यो होटल बंगलादेशको दक्षिण(पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन्।बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख हुन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको लामो प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । हसिनाले बंगलादेश छोडेकी छन् ।

त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको भएपनि बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending