ताप्लेजुङ । ताप्लेजुङमा आर्थिक वर्ष २०८०–८१ मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढीले निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढी निकासी भएको हो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा जडीबुटी तथा गैरकाष्ठ कुल ४३ हजार १३० किलोग्राम निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति २३ हजार १३५ किलोग्राम मात्र निकासी भएको डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पासवानले जानकारी दिए ।
गत आवमा निकासी भएको जडीबुटीमा सबैभन्दा बढी धुपीपात २६ हजार ५०० किलोग्राम रहेको छ । यस्तै, सुनपाती सात हजार ५०० किलोग्राम, चिराइतो छ हजार २० किलोग्राम, भिरमह ३१० किलोग्राम र विषजरा ३०० किलोग्राम निकासी भएको छ । गैरकाष्ठअन्तर्गत लोक्ता एक हजार ५०० किलोग्राम र अर्गेली एक हजार किलोग्राम निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन अधिकृत पासवानका अनुसार गत आवमा जडीबुटी तथा गैरकाष्ठ निकासीबाट दुई लाख ३४ हजार ४६० रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै, अघिल्लो आवमा सबैभन्दा बढी १५ हजार किलोग्राम धुपीपात निकासी भएको छ । उक्त आवमा चिराइतो तीन हजार २८० किलोग्राम, मजिठो दुई हजार र सुनपाती ८५५ किलोग्राम निकासी भएको छ ।
गैरकाष्ठअन्तर्गत लोक्ता र अर्गेली भने समान एक–एक हजार किलोग्राम मात्र निकासी भएको थियो । अघिल्लो आवमा निकासी भएको जडीबुटी तथा गैरकाष्ठबाट एक लाख ११ हजार १८५ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: