काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नं.२ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा कायम गरेको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।
आयोगका अनुसार मालपोत कार्यालय रूपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजितकुमार साहनीको मिलेमतोमा उक्त अवैध कार्य भएको पाइएको छ ।
त्यसैगरी सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष रामकिशन थारू, वडा सदस्य वृजनारायण यादव र मृतकका भाइ भनिएका बुद्धिराम कहारले आपसी योजनामा मृतक बेलर कहारको वास्तविक हकवाला छोरी सन्जु कहारको हक मेट्ने बदनियत राखेको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा बुद्धिराम कहारलाई मृतकको भाइ प्रमाणित गर्ने नाता प्रमाणित, सर्जमिन मुचुल्का र चार किल्ला प्रमाणितलगायतका कागजातहरू नक्कली भएको पाइएको छ ।
जिल्ला अदालत रूपन्देहीले समेत ती कागजातहरू फर्जी ठहर गरी बदर हुने फैसला गरिसकेको अवस्थामा साविक मैनहिया गाविसका विभिन्न कित्ताका कुल २ बिघा ५ कट्ठा जग्गा बुद्धिराम कहारको नाममा दाखा गर्ने निर्णय गरिएको थियो ।
सरकारी अभिलेखमा समेत झुट्टा विवरण प्रविष्ट गरी गलत स्रेस्ता र पुर्जा जारी गरेको तथ्य पुष्टि भएपछि आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र मालपोत अधिकृत भूमिश्वर ढकाललाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ ।
त्यस्तै, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी र वडाध्यक्ष रामकिशन थारूलाई गलत लिखत तयार गरेको अभियोगमा थप सजायको माग गरिएको छ भने वडा सदस्य वृजनारायण यादवउपर पनि कैद र जरिवानाको दाबी गरिएको छ ।
नक्कली हकवाला बनेका बुद्धिराम कहारलाई मुख्य कसुरदार सरह नै सजाय हुनुपर्ने मागसहित आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: