रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिमको मुसिकोटमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले निर्वाचन परिणामसम्बन्धी विभिन्न स्थानबाट आएका रिपोर्टहरू सहज र स्वाभाविक नदेखिएको दाबी गरे। “कतिपय ठाउँमा उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको बताएका छन्। कतै नजित्ने भनिएका व्यक्तिले अत्यधिक मत ल्याएको सुनिन्छ भने कतै हाम्रो मत हरायो भन्ने गुनासो आएको छ,” उनले भने। यी आधारमा उनले उक्त निर्वाचन सामान्य नभएको निष्कर्ष निकालिएको बताए।
यस विषयमा गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी ले प्राप्त गरेको ठूलो मत परिणामलाई भने आफूहरूले स्वीकार गरेको उनले स्पष्ट पारे।
प्रचण्डले आफ्नो पार्टीले सरकारका राम्रा काममा समर्थन र नराम्रा काममा आलोचना गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। साथै उनले अब पार्टीमा युवाहरूलाई प्राथमिकता दिइने उल्लेख गर्दै वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन गरिने र प्रत्येक कमिटीमा ५० प्रतिशत युवा तथा नवयुवाको प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी दिए।
उनले नेपालको समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको पनि बताए। “हाम्रो पार्टी मात्र सुदृढ भएर पुग्दैन, सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न आवश्यक छ,” उनले भने। यसका लागि पार्टीले पहल सुरु गरिसकेको उनको भनाइ छ।
यसैबीच उनले सरकारका पछिल्ला केही निर्णयहरूको आलोचना गर्दै सुकुमवासीलाई बल प्रयोग गरी हटाउने, ट्रेड युनियन खारेज गर्ने, विद्यार्थी संगठनमाथि दबाब दिने, अध्यादेश ल्याउने तथा बोलाइसकेको संसद् बैठक स्थगित गर्ने कार्य असंवैधानिक भएको आरोप लगाए।
पछिल्ला गतिविधिले सरकार निरंकुशतातर्फ उन्मुख हुन सक्ने चेतावनी दिँदै उनले सरकारलाई सच्यिन आग्रह गरे। साथै उनले आफूहरू सरकारका अभिभावकको भूमिकामा रहेको बताउँदै गलत कार्यमा निरन्तर खबरदारी गर्ने बताए।
उनले लामो इतिहास भएका राजनीतिक दलबीच सहकार्य बढाउँदै संविधान र गणतन्त्रको रक्षा गर्न नेतृत्व गर्ने तथा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...


प्रतिकृया लेख्नुहोस्: