Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

बस्ती खाली गर्ने सूचनापछि धनुषाका सुकुमवासी परिवार त्रासमा

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले गत वैशाख ३ गते बस्ती खाली गर्न सूचना जारी गरेपछि सो बस्तीका बासिन्दा त्रासमा रहेका हुन् ।

तीन बिघामा फैलिएको बस्तीमा विगत १२ वर्षदेखि करिब ४५ परिवार कच्ची घर निर्माण गरी बसोबास गर्दै आएका छन् । अचानक आएको सूचनाले सुकुमवासी परिवार विस्थापित हुने चिन्तामा परेको स्थानीयको भनाइ छ । बस्तीमा पासवान, मण्डल, साह, विक तथा मुस्लिम समुदायका विपन्न परिवारको बसोबास रहेको छ ।

स्थानीय प्रमोद साहले वैदेशिक रोजगारीका कारण ऋणको बोझले पुख्र्यौली घरजग्गा बेचेपछि सुकुमवासी बन्नु परेको पीडा व्यक्त गरे। साबिकको घर महोत्तरीको रतौली भएको बताउँदै उनले भने, “दुई पटक वैदेशिक रोजगारीमा गएँ । पहिलो पटक मलेसिया गएँ । कम्पनी नै बन्द भयो । दोस्रो पटक कतारमा बिरामी परेर फर्किनु पर्‍यो ।” वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण तिर्न बुवाले दिएको पाँच कट्ठा जमिन बेच्नु परेको छ ।  साहले घरजग्गा बेचेपछि यहाँ बस्न थालेको बताउँदै अहिले फेरि हट्नुपर्ने अवस्थाले परिवारको भविष्य अन्योलमा परेको उहाँको भनाइ छ ।

अर्का स्थानीय धनेशकुमार साहले यो स्थान पहिले जङ्गल र झाडीले भरिएको बताउँदै आफूहरूले नै सफा गरेर बसोबास सुरु गरेको बताए । उनले भने, “हामीले मेहनत गरेर बस्नलायक बनायौँ । १२ वर्षसम्म कसैले केही भनेन । अहिले आएर एक्कासि हट्न भन्दा हामी कहाँ जाने ?” 

उनले आफूहरूका लागि वैकल्पिक बसोबास वा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गए। बस्तीकी लक्ष्मी विकले लहानबाट आफन्तको सल्लाहमा यहाँ आएर बस्न थालेको बताए । उनले भने, “लामो समय यहाँ बसोबास गरेकाले मन पनि यहीँ जोडिएको छ । अब एक्कासि कहाँ जाने भन्ने चिन्ता बढेको छ ।” 

त्यस्तै प्रमिला देवीले आफ्नो १० जनाको परिवार यही बस्तीमा आश्रित रहेको बताउँदै सरकारसँग पुनर्वासको माग गरे। उनी भन्न्छन्, “हामी गरिब मान्छेको बस्ने ठाउँ छैन । यहाँबाट हटाएपछि बालबच्चासहित कहाँ जाने ? सरकारले विकल्प दिनु पर्छ ।”

यहाँको समस्या जनप्रतिनिधिसमक्ष राखेको बताउँदै स्थानीयले चित्तबुझ्दो आश्वासन नदिएको उनले गुनासो गरेको छन् । नगरप्रमुख जितनारायण यादव र वडाध्यक्षले बस्ती खाली गराएपछि विकल्प खोज्ने बताउँदै आएको छन् । सुकुमवासीले बिनाविकल्प नहटाउन र हटाउनै परे उचित क्षतिपूर्ति वा पुनर्वासको सुनिश्चित गर्न माग गरेका छन् । बर्सौंदेखि बसोबास गर्दै आएको थातथलोबाट एक्कासि विस्थापित हुनुपर्ने अवस्थाले सबै चिन्तित देखिएका छन् । 

कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रन्धिरकुमार साहले सरकारी जग्गामा भएको अवैध अतिव्रmमण हटाउने अभियान अन्तर्गत सूचना जारी गरिएको बताए। उनले कार्यालयमातहतको जमिन अतिक्रमण गरी बसेकालाई हटाउन लागिएको स्पष्ट पारे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending