ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तीन साता अघि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा साढे पन्ध्र लाख रुपियाँ बढी रकम सङ्कलन (जम्मा) भएको छ । विपतजन्य घटनाबाट पीडित भएका परिवारलाई सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले स्थापना गरेको कोषमा छोटो समयमै उक्त रकम जम्मा भएको हो ।
बर्खायामको मनसुनजन्य घटनाबाट बर्षैपिच्छे प्रभावित हुने गरेका पालिकावासीलाई सहयोग गर्न गाउँपालिका गत असार दोस्रो सातापछि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको हो । कोषका लागि गाउँपालिकाले विनियोजन गरेको १४ लाख ६१ हजार ४२८ रुपियाँसहित कुल १५ लाख ४९ हजार ९७६ रुपियाँ कोषमा सङ्कलन भएको छ । हालसम्म कोषमा सङ्कलित रकममध्ये सात लाख २२ हजार ५२० रुपियाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार विभिन्न राहत सामग्री खरिद गरी पीडित परिवारलाई वितरण गरिएको छ । बिहीबार राति मात्र भीषण वर्षासँगै गएको बाढीपहिरोले गाउँपालिका कार्यालय, गाउँपालिकाको सवारी साधन लगायतका संरचना र तापेथोक बस्ती नै जोखिम बनाएकाले कोषमार्फत सहयोगलाई निरन्तरता दिन सबैसँग अध्यक्ष लिम्बूले अपिल पनि गरेका छन् ।
विकट तथा भिरालो भूबनावटका कारण बर्खायाममा मनसुनजन्य घटनाले तुलनात्मक रुपमा फक्ताङ्लुङवासीलाई सताउने गरेको छ । भिरालो जमिन भएका कारण अधिकांस क्षेत्रमा पहिरो बग्ने साथै धेरै सङ्ख्यामा रहेको ठाडो खोला र गाउँपालिका भूभागको बिचबाट बग्ने तमोर नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक घटनाहरु बर्खायाममा अन्य पालिकाभन्दा यहाँ बढी हुने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...
पौष ३ गते, २०८२ - १७:५१
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...




प्रतिकृया लेख्नुहोस्: