काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले अब घरझगडाभन्दा राष्ट्रिय चुनौतीबारे गम्भीर चिन्तन गर्नुपर्ने धारणा राखे।
उनले आफूले बीपी कोइरालाको विचार र राजनीतिक विरासतलाई आत्मसात गरेको उल्लेख गर्दै कांग्रेस सभापतिको जिम्मेवारी देश र नागरिकको भविष्यप्रति केन्द्रित हुनुपर्ने बताए।
“बीपीले लगाएको जुत्तामा मैले खुट्टा हालेको छु। यस्तो जिम्मेवारी बोकेको व्यक्तिले देशको समस्याबारे सोच्ने कि घरभित्रको झगडामा अल्झिने?” उनले प्रश्न गरे।
थापाले कांग्रेसभित्र धेरै नेता–कार्यकर्ताले लोकतन्त्र, नागरिक स्वतन्त्रता र आत्मसम्मानका लागि लामो संघर्ष गरेको स्मरण गर्दै त्यो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई देश परिवर्तनका लागि भएको बताए।
उनले पार्टीलाई राष्ट्रिय मुद्दामा स्पष्ट र प्रभावकारी रूपमा उभ्याउन आन्तरिक छलफल आवश्यक रहेको बताए। विशेष महाधिवेशनको प्रस्ताव राख्नुको उद्देश्य पनि पार्टीलाई समर्थक र शुभेच्छुकसँग पुन: जोड्नु रहेको उनको भनाइ थियो।
यस निर्वाचनमा कांग्रेसले करिब १० लाख शुभेच्छुक तथा समर्थकको मत गुमाएको दाबी गर्दै उनले ती मतदाता र समर्थकको विश्वास पुन: जित्न आफू प्रतिबद्ध रहेको बताए। “जे कारणले उहाँहरू कांग्रेस हुनुभएको हो, त्यो भरोसा फेरि दिलाउन चाहन्छु,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...



प्रतिकृया लेख्नुहोस्: