लमजुङ । दुई साताअघि आएको बाढी पहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका-११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ । बेँसीसहर-१ बाट वडा नम्बर ११ चिति जोड्ने रिट्ठेबगर-बूढीकुवा खण्डअन्तर्गत वडा नम्बर १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदाल यात्रासमेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन् ।
आज बेँसीसहर-८ मा वडा नम्बर ११ चिति वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सडकको अवस्था, समस्या र समस्या समाधानका विषयमा भएका योजनाबारे जानकारी दिएको हो । वडाध्यक्ष शिव जोशीले सो स्थानमा मर्स्याङ्दी नदीको बाढीका साथै सडक माथिबाट पहिरो आउँदा एक किलोमिटर बगाएको जनाउँदै तीन गाउँका स्थानीयलाई एम्बुलेन्समार्फत बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भइरहेको बताए ।
सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनाद्वारा निर्मित ड्यामबाट आठ मिटरमाथि रुद्धनिधि तिवारी र सुनिल तिवारीको घर उच्च जोखिममा रहेकाले निजहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । रिट्टेबगरको पुलबाट करिब एक हजार मिटरमाथि नेपाली सेनाको ब्यारेक अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मर्स्याङ्दीले जलसतह पार गरेपछि बाढी जाँदा सडक बगाएको वडाध्यक्ष जोशीले बताए ।
सडक माथिबाट पहिरो जाने क्रम अझै नरोकिएको उनले जानकारी दिए । बेँसीसहर नगरपालिका कार्यपालिकाको यसअघिको बैठक र वडा नम्बर ११ कार्यालयले उक्त ढिस्को हटाएर पानी यथास्थितिमा बग्न दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । समितिले उक्त समस्याका बारेमा आयोजना कार्यालयलाई पत्राचार गरी समस्याका बारेमा जानकारी गराइएको जनाएको छ ।
यसैबिच, आयोजनाले सो ढिस्को फाल्नु नपर्ने भन्दै सडक अन्यन्त्र सार्नुपर्ने प्रतिवेदन तयार गरेर समितिमा पठाएको थियो । “उक्त प्रतिवेदन आयोजनाले स्थलगत अध्ययन नगरी बनाएको हो । प्रतिवेदनका आधारमा ढिस्को नहटाउँदा बाढीले सडक बगाएको छ”, वडाध्यक्ष जोशीले भने । ढिस्को नफालेकाले गण्डकी प्रदेश सरकारले चालु वर्षमा निर्माण गरेको जालीसहितको तटबनधनमा समेत क्षति पुगे भन्दै उनले सडकको अन्य भाग पनि बाढी पहिराको उच्च जोखिममा परेको बताए ।
“नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङ्दी ड्यामसाइटमा सोलार परियोजना निर्माण गर्न लागेकाले उक्त परियोजनाका लागि पक्की सडक आवश्यक पर्ने देखिन्छ”, वडा अध्यक्ष जोशीले भने, “सडक नबनेसम्म मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइटको दुई पुलमध्ये एउटा आवतजावत गर्ने व्यवस्था मिलाउन वडा कार्यालयको पहलमा स्थानीय उपस्थित भई सरोकार भएकासँग माग गरेका छौँ ।” वडा कार्यालय र स्थानीयले आजै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई सो समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...




प्रतिकृया लेख्नुहोस्: