काठमाडाैं । भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो ।
त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो । पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् ।
अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।
यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो ।
गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।
भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।
अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रूपमा भइरहेको विद्युत् निर्यात हालसम्मकै उच्च छ । ‘गत वर्ष साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकेका थियौँ । अहिले सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारतमा निर्यात भइरहेको छ,’ उनले भने, ‘अहिले प्रतियुनिट पाँचदेखि ६ भारतीय रुपैयाँसम्ममा विद्युत् निर्यात भइरहेको छ ।’
उनका अनुसार ११० मेगावाट मध्यकालीन सम्झौताअनुसार भारतको हरियाणा प्रदेशमा निर्यात भइरहेको छ । प्राधिकरणले प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा पाँच वर्षसम्म बर्खायाममा मात्रै दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगमन (एनभिभिएन)सँग मध्यकालीन सम्झौता गरेको थियो ।
त्यसमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म ११० मेगावाट विद्युत् बिक्री गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । सोहीअनुसार मध्यकालीन बजारमा ११० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बाँकी ९० मेगावाट विद्युत् बिक्रीका लागि परियोजना स्वीकृत हुने चरणमा रहेको प्राधिकरणको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८२ - २०:४८
संखुवासभा । संखुवासभाबाट साइबर क्राइममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २...
जेष्ठ ३१ गते, २०८२ - २०:४०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर...
जेष्ठ ३१ गते, २०८२ - २०:१९
भारत । भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको...
जेष्ठ ३१ गते, २०८२ - २०:१३
भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्त...
जेष्ठ ३१ गते, २०८२ - १९:२२
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने
जेष्ठ ३१ गते, २०८२ - १९:१५
बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँद...
जेष्ठ ३१ गते, २०८२ - १९:०८
तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आ...
जेष्ठ ३१ गते, २०८२ - १८:५४
पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या...
जेष्ठ ३१ गते, २०८२ - १८:४७
काठमाडौं । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजक...
जेष्ठ ३१ गते, २०८२ - १८:३६
काठमाडाैं । मोबाइल पसल सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर ...
प्रतिकृया लेख्नुहोस्: