काठमाडाैं । भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो ।
त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो । पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् ।
अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।
यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो ।
गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।
भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।
अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रूपमा भइरहेको विद्युत् निर्यात हालसम्मकै उच्च छ । ‘गत वर्ष साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकेका थियौँ । अहिले सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारतमा निर्यात भइरहेको छ,’ उनले भने, ‘अहिले प्रतियुनिट पाँचदेखि ६ भारतीय रुपैयाँसम्ममा विद्युत् निर्यात भइरहेको छ ।’
उनका अनुसार ११० मेगावाट मध्यकालीन सम्झौताअनुसार भारतको हरियाणा प्रदेशमा निर्यात भइरहेको छ । प्राधिकरणले प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा पाँच वर्षसम्म बर्खायाममा मात्रै दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगमन (एनभिभिएन)सँग मध्यकालीन सम्झौता गरेको थियो ।
त्यसमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म ११० मेगावाट विद्युत् बिक्री गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । सोहीअनुसार मध्यकालीन बजारमा ११० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बाँकी ९० मेगावाट विद्युत् बिक्रीका लागि परियोजना स्वीकृत हुने चरणमा रहेको प्राधिकरणको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: