काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयोगलाई सुधारका कदम चाल्न प्रेरित गरेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनका क्रममा भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै आयोगले त्यसयता निर्वाचन प्रणाली र अभ्यासमा चरणबद्ध सुधार गर्दै आएको जनाएको छ। कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका सबै घटनाबाट सिकेर व्यवस्थापन, सुरक्षा र पारदर्शितामा सुधार गरिएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदानस्थलसँगै गणनास्थलको पनि विशेष व्यवस्थापन गरिएको छ। गणनास्थललाई तारजालीले घेरेर सुरक्षित क्षेत्र बनाइएको छ भने मतगणना गर्ने स्थान र उम्मेदवारका प्रतिनिधि बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिहरूले मतगणना प्रक्रियालाई प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्, तर मतगणना भइरहेको टेबलको छेउमा पुग्न भने पाउने छैनन्। मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थान छुट्याएर त्यसअगाडि तारजालीसहितको फलामे बार राखिएको छ, जसबाट गणनाको प्रक्रिया स्पष्ट देख्न सकिने तर हस्तक्षेप गर्न नसकिने व्यवस्था मिलाइएको छ।
आयोगका अनुसार यस्तो संरचनाले पारदर्शिता कायम राख्दै सम्भावित विवाद र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: