Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बाँकेमा सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न प्रशासनको आह्वान

खबरडबली संवाददाता

जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्ला अहिले ‘अल सेट टु गो’ अर्थात् पूर्ण तयारीको अवस्थामा रहेको जानकारी दिएको छन्।

उनका अनुसार जिल्लाका सबै एक सय ३९ मतदान स्थल र चार सय वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित आफ्नो कार्यक्षेत्रमा तैनाथ भइसकेका छन्। 

मतदान स्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आवश्यक सबै समन्वय बैठकहरू सफलतापूर्वक सकिएको उनले बताए।

सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रजिअ तामाङले जिल्लाका सम्भावित चुनौतीको मिहिन ढङ्गले विश्लेषण गरी विशेष सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिएको छन्। सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । 

मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको भएपनि सबै ठाउँमा सुरक्षा व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन विशेष सुरक्षाकर्मी गरी कुल आठ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । 

सीमावर्ती जिल्ला भएकाले सीमा नाकामा कडा निगरानी बढाइनुका साथै निर्वाचन विरोधी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा अवस्था पूर्ण रूपमा प्रशासनको काबूमा रहेको उहाँले जानकारी दिए। 

राजनीतिक दल तथा उम्मेदवारहरूको भूमिकाका बारेमा बोल्दै प्रजिअ तामाङले मौन अवधिको आचारसंहिता पालनामा सबै पक्षले जिम्मेवारीपूर्ण र सहयोगी भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे।

जिल्लामा दलबीच कुनै पनि किसिमको विद्वेषपूर्ण अवस्था नरहेको र कहीँकतै देखिएका सानातिना असमझदारीलाई संवादका माध्यमबाट तत्कालै समाधान गरिएको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...

चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि बल प्रयोग गरिने आईजीपी कार्कीको चेतावनी

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको दानबहादुर का...

रकमसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे, ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छाडिएका छन्। श्रीप्रकाश उप्...

निर्वाचनमा गलत कार्य गरे दण्डनीय: हुनसक्छ उम्मेदवारी खारेजीदेखि जेल सजायसम्म

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व...

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय

काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...

मोदीले बालेनलाई शुभकामना दिएको भनी भ्रम फैलाउने व्यक्ति पक्राउ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE