Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

खबरडबली संवाददाता

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई)बाट बनाइएका युद्ध दृश्यले सामाजिक सञ्जाल भरिएको छ ।

विश्लेषकका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको छ । सप्ताहन्तमा भएको अमेरिकी र इजरायली आक्रमणले क्षेत्रीय द्वन्द्वलाई विस्तार गरेपछि सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकले आ–आफ्नो दाबीलाई बलियो बनाउन असत्य र भ्रामक सामग्री व्यापक रूपमा फैलाएका छन् । एएफपीका तथ्य(जाँच कर्ताले संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासहित इजरायल र खाडी मुलुकमा तेहरानको क्षेप्यास्त्र प्रहारबाट ठुलो क्षति भएको दाबी गर्दै पुराना भिडियो पुन:प्रयोग गरिएको पत्ता लगाएका छन् । 

यस्ता दाबी इरान समर्थक खाताबाट प्रसारित भएका थिए । रणनीतिक संवाद संस्थान (आइएसडी)का मुस्तफा अयादले अनलाइन स्पष्ट रूपमा ‘कथात्मक युद्ध’ भइरहेको बताउनुभयो । उहाँका अनुसार खाडी क्षेत्रमा भएका आक्रमणलाई उचित देखाउने प्रयास होस् वा इजरायली तथा अमेरिकी आक्रमणको सामना गर्न इरानी सेनाको क्षमतालाई बढाइचढाइ प्रस्तुत गर्ने काम, दुवै पक्षले आफ्ना ‘शत्रु’ कमजोर देखाउने लक्ष्य राखेका छन् ।

अर्कोतर्फ, इरानी विपक्षी माध्यमले एक्स र टेलिग्राममा इरानी बालिका विद्यालयमा भएको भनिएको क्षेप्यास्त्र आक्रमणलाई सरकारकै दोष भन्दै भ्रामक विवरण सार्वजनिक गरेका छन् । अनुसन्धान कर्ताले वरिष्ठ इरानी नेतृत्वको नक्कली सामाजिक सञ्जाल खातामार्फत झुटो पहिचान गरेकोसमेत भएको चेतावनी दिएका छन् ।

यसै क्रममा भिडियो गेमका क्लिपलाई इरानी मिसाइल आक्रमणको वास्तविक दृश्य भन्दै प्रचार गरिएको छ भने युएसएस अब्राहम लिङ्कन जस्ता अमेरिकी युद्धपोत डुबेको देखाउने एआई–निर्मित तस्बिरले लाखौँ अवलोकन प्राप्त गरेका छन् । युक्रेन र गाजासहित अन्य विश्वव्यापी द्वन्द्वमा समेत यस्तै रणनीति अपनाइएको देखिएको छ ।

अयादका अनुसार यस्ता सामग्रीको गति र फैलावट नै सबैभन्दा चिन्ताजनक पक्ष हो, जसले लक्ष्यबद्ध आक्रमण र हताहत सङ्ख्याबारे व्यापक भ्रम सिर्जना गर्छ । गलत सूचना अनुगमन गर्ने संस्था न्युजगार्डले इरानलाई वास्तविक प्रमाणभन्दा बढी खतरनाक रूपमा चित्रण गर्ने बनावटी सामग्रीले एलन मस्कको स्वामित्वमा रहेको एक्समा सामूहिक रूपमा दुई करोड १९ लाखभन्दा बढी अवलोकन पाएको जनाएको छ ।

युद्धका बेला प्रामाणिक सूचनामा पहुँच आवश्यक रहेको भन्दै एक्सले मङ्गलबार नयाँ नीति घोषणा गरेको छ । कम्पनीले एआईबाट बनाइएका सशस्त्र द्वन्द्वसम्बन्धी भिडियो पोस्ट गर्दा कृत्रिम सामग्री भएको खुलासा नगर्ने सिर्जना कर्तालाई ९० दिनसम्म राजस्व साझेदारी कार्यक्रमबाट निलम्बन गर्ने जनाएको छ । एक्सकी उत्पादन प्रमुख निकिता बियरका अनुसार हालको एआई प्रविधिले मानिसलाई झुक्याउने सामग्री बनाउनु सजिलो बनाएको छ । मस्कले सन् २०२२ अक्टोबरमा कम्पनी खरिद गरेपछि यसको सामग्री व्यवस्थापन नीतिबारे व्यापक आलोचना हुँदै आएको थियो ।

डिपफेकविरुद्ध काम गर्ने कम्पनी ओपनओरिजिन्सका सह(संस्थापक एरी एबेलसनले ‘युद्धको कुहिरो’ अब ‘सूचना प्रदूषण’ मा रूपान्तरित भइरहेको बताए। उनका अनुसार एआई/निर्मित सामग्रीले सूचना वातावरणमा अनन्त हल्ला सिर्जना गरिरहेको छ र विश्वव्यापी प्रभाव पार्ने द्वन्द्वका बेला मिडिया प्रणाली कसरी बदलिँदैछ भन्ने बुझ्नु आवश्यक छ । न्युजगार्डको अर्को अध्ययनले गुगलको रिभर्स-इमेज उपकरणले मध्यपूर्व द्वन्द्वसँग जोडिएका बनावटी तस्बिरबारे गलत एआई(सारांश उत्पादन गरेको देखाएको छ । 

यसले तस्बिरको प्रामाणिकता पुष्टि गर्न प्रयोग हुने प्रणालीमै कमजोरी रहेको सङ्केत गरेको संस्थाले जनाएको छ । गुगलले यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन । शनिबार संयुक्त राज्य अमेरिका र इजरायलले जेनेभामा आणविक सम्झौताबारे वार्ता भएको दुई दिनपछि इरानमाथि आक्रमण सुरु गरेका थिए, जसमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको दाबी गरिएको छ । त्यसयता इरानले मध्यपूर्वमा आफ्नो क्षेप्यास्त्र र ड्रोन आक्रमण विस्तार गरेको छ भने अमेरिका र इजरायलले तेहरानभित्रका प्रमुख संरचना ध्वस्त पारेको बताएका छन् । यही सैन्य भिडन्तसँगै डिजिटल क्षेत्रमा फैलिएको भ्रामक सामग्रीले युद्धको स्वरूपलाई थप जटिल बनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

रास्वपा सांसद सृष्टि भट्टराईमाथि कारबाहीको माग, कारको झ्यालबाट बाहिर निक्लिएर यात्रा गरेको भिडियो भाइरल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर बाहिर निकालेर लापरबाहीपूर्वक यात्रा गरेको भिड...

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत, कानुनी रिक्तता अन्त्य

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...

मन्त्री बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी रहँदा सम्बन्धित म...

प्युठानको सामुदायिक वनमा १३ थान अवैध भरुवा बन्दुक फेला

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। प्रहरी...

प्रधानमन्त्रीले “देश बनाउने” भनेर घोषणा गरेको टिममा अर्थमन्त्री हुनुहुन्न, सरकारलाई आफ्नै बजेटप्रति विश्वास छैन: एमाले

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, केहि प्रदेशमा स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending