नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय भवनको भुई तल्लामा रहेको ठुलो सभा हललाई छनोट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ ।
मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्कीले बताए । उनले मतगणना स्थलमा तारजाली र सिसिटिभि क्यामेरा जडान गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताए। शिक्षालयको प्रवेशद्धारमै कडा सुरक्षा चेकजाँच हुने र सिमित व्यक्तिहरुलाई मात्र शिक्षालयको प्रांगणमा छिर्न दिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समयअनुसार सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कार्कीले बताए।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको मतगणनास्थललाई तयार पारिएको छ । उहाँले क्षेत्र नम्बर १ को मतगणनास्थल राप्तीसोनारीको अगैयास्थित गाउँपालिकामा क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भेरी प्राविधिकमा र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयमा बनाईएको बताए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा क्षेत्र नम्बर १ मा ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् । त्यसैगरि बाँके क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा १२४ मतदान केन्द्र रहेका छन् भने यहाँ १ लाख ८ हजार २९० मतदाता रहेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थलमा १३५ मतदान केन्द्र रहेका छन् । यो क्षेत्रमा नम्बर ३ मा १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।
बाँकेमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार १३९ पूरुष र ९ जना अन्य गरि ३ लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: