धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २११औं भानु जयन्ती मनाउँदै खेम बतासको कथासंग्रह बुढीपोल्ली र गंगा बिष्ट नेगीको सवाल गजल संग्रहमाथि परिचर्चा गरेको छ ।
साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीका उपलक्ष्यमा प्रभातफेरी गर्नुका साथै पुस्तकमाथि परिचर्चा गरेको हो । प्रभातफेरी भानुभक्तीय रामायणका श्लोकले गुन्जाएमान पारिएको थियो ।
साहित्य समाजको प्रांगणमा रहेको भानुभक्त आचार्यको पूर्णकदको शालिकमा प्रमुख अतिथि पुनर्बास नगरपालिका कंचनपुरका नगरप्रमुख तोयराज शर्माले माल्यापर्ण गरेका थिए । यसका साथै आख्यानकार बतासको कथासंग्रह बुढीपुल्ली र गजलकार बिष्टको सवाल गजलसंग्रहमाथि परिचर्चा गरिएको थियो । समाजमा व्याप्त जातीय विभेद र छुवाछुत, लैंगिक असमानता, वर्गीय र सांस्कृतिक उत्पिडनविरूद्ध लेखिएको बुढीपोल्लीको समीक्षा साहित्यकार तुलसी शर्मा र नरेन्द्र भट्टले गरेका थिए । त्यस्तै सवाल गजलसंग्रहमाथि साहित्यकार नारा जोशी र सिर्जन श्रीले समीक्षा गरेका थिए ।
आदिकविको व्यक्तित्व र कृतित्वमाथि प्राध्यापक गणेशराज जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रख अतिथि शर्माले यस क्षेत्रको भाषा, साहित्य कला र संस्कृतिको उन्नयन गर्न सबैले आ-आफ्नो क्षेत्र र तर्फबाट लाग्नुपर्ने बताए । कला, साहित्यको विकासका लागि नगरपालिकाले पनि सक्दो काम गर्ने उनले बताए । पुनर्बास नगर उपप्रमुख भुलिया रानाले आदिकविको योगदानको स्मरण गर्दै परिचर्चा भएका कृति सबैले पढ्नैपर्ने बनाइन् ।
साहित्यकार रामचन्द्र नेपालले भौगोलिक रूपमा एकीकरण भएको देशलाई भानुभक्तले भावनागत रूपमा एकीकरण गरि आज नेपालीहरू विश्वमा जहाँ पुगेका छन् त्यहाँ भानुभक्तको पदार्पण भएको र नेपाली भाषाको उन्नयन भइरहेको बताइन् ।
कार्यक्रममा चैतन्य पाठशाला कक्षा तीनकी विद्यार्थी विज्ञा भट्ट र कवि मनोज साउद विवशले कविता वाचन गरेका थिए । मन्जु गिरी, सरस्वती दहाल र सुधा चाडले गीत गाएका थिए । समाजका अध्यक्ष तीर्थराज पाडेयको अध्यक्षता सम्पन्न कार्यमा स्वागत भाषण उपाध्यक्ष रुपा स्वारले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...
मंसिर २२ गते, २०८२ - १८:००
काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...
मंसिर २२ गते, २०८२ - १७:५७
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...
मंसिर २२ गते, २०८२ - १७:५५
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...




प्रतिकृया लेख्नुहोस्: