Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २११औं भानु जयन्ती मनाउँदै खेम बतासको कथासंग्रह बुढीपोल्ली र गंगा बिष्ट नेगीको सवाल गजल संग्रहमाथि परिचर्चा गरेको छ ।

साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीका उपलक्ष्यमा प्रभातफेरी गर्नुका साथै पुस्तकमाथि परिचर्चा गरेको हो । प्रभातफेरी भानुभक्तीय रामायणका श्लोकले गुन्जाएमान पारिएको थियो ।

साहित्य समाजको प्रांगणमा रहेको भानुभक्त आचार्यको पूर्णकदको शालिकमा प्रमुख अतिथि पुनर्बास नगरपालिका कंचनपुरका नगरप्रमुख तोयराज शर्माले माल्यापर्ण गरेका थिए । यसका साथै आख्यानकार बतासको कथासंग्रह बुढीपुल्ली र गजलकार बिष्टको सवाल गजलसंग्रहमाथि परिचर्चा गरिएको थियो । समाजमा व्याप्त जातीय विभेद र छुवाछुत, लैंगिक असमानता, वर्गीय र सांस्कृतिक उत्पिडनविरूद्ध लेखिएको बुढीपोल्लीको समीक्षा साहित्यकार तुलसी शर्मा र नरेन्द्र भट्टले गरेका थिए । त्यस्तै सवाल गजलसंग्रहमाथि साहित्यकार नारा जोशी र सिर्जन श्रीले समीक्षा गरेका थिए ।

आदिकविको व्यक्तित्व र कृतित्वमाथि प्राध्यापक गणेशराज जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रख अतिथि शर्माले यस क्षेत्रको भाषा, साहित्य कला र संस्कृतिको उन्नयन गर्न सबैले आ-आफ्नो क्षेत्र र  तर्फबाट लाग्नुपर्ने बताए । कला, साहित्यको विकासका लागि नगरपालिकाले पनि सक्दो काम गर्ने उनले बताए । पुनर्बास नगर उपप्रमुख भुलिया रानाले आदिकविको योगदानको स्मरण गर्दै परिचर्चा भएका कृति सबैले पढ्नैपर्ने बनाइन् ।

साहित्यकार रामचन्द्र नेपालले भौगोलिक रूपमा एकीकरण भएको देशलाई भानुभक्तले भावनागत रूपमा एकीकरण गरि आज नेपालीहरू विश्वमा जहाँ पुगेका छन् त्यहाँ भानुभक्तको पदार्पण भएको र नेपाली भाषाको उन्नयन भइरहेको बताइन् ।

कार्यक्रममा चैतन्य पाठशाला कक्षा तीनकी विद्यार्थी विज्ञा भट्ट र कवि मनोज साउद विवशले कविता वाचन गरेका थिए । मन्जु गिरी, सरस्वती दहाल र सुधा चाडले गीत गाएका थिए । समाजका अध्यक्ष तीर्थराज पाडेयको अध्यक्षता सम्पन्न कार्यमा स्वागत भाषण उपाध्यक्ष रुपा स्वारले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE