Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

खबरडबली संवाददाता

काठमाडौं । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन् । निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो । 

दुवैजनाले निर्देशक प्रदीप संग काम गर्दा नयाँ अनुभव हुने बताए । भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन् । 

निर्माण टिम र निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ । ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए । 

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।  दक्षिणी इथियोपिय...

‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ ।  गुठीले मंगलबार २०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पु...

महिला एशिया कप: भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

काठमाडौं । भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । जारी महिला एशिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको हो ।  ...

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिँदै

बुटवल । बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गा...

चितवनामा करेन्ट लगाएर गैंडा मारेको आरोपमा दुईजना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएर...

डेंगु नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्छ: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् ।  मंगलबार प्रतिनिध...

ललितपुरमा एक जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा फेला परेको छ । ललितपुरको गोदावरी नगरपालिका –१४ का १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा...

महिला एशिया कप: भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय ग...

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङ । दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।  आर्थ...

जुम्लामा दुई दिदीबहिनीकाे मृत्यु

जुम्ला । जुम्लामा दुई दिदीबहिनीकाे मृत्यु भएकाे छ । जुम्लामा १२ दिनको सुत्केरी र उनलाई कुर्न एकै कोठामा सुतेकी बहिनी र दिदीको मृत्यु भएकाे हाे ।  ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy