धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि गाउँपालिकाबाट गरिएको छ। राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सुरु गरिएको अभियानले आगामी दुई दशकसम्म देशभर व्यापक वृक्षारोपण गर्ने लक्ष्य राखेको छ।
अभियानको सुरुवातसँगै सहिदभूमिको प्रवेशद्वारदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक किनारमा ३५० वटा सौन्दर्यवर्द्धक बिरुवा रोपिएको छ। म्याइगोस्टील, पिताजिया, कल्की, ज्याक्यारान्डा, गुल्मोर र गोल्डेन धुपीजस्ता प्रजातिका बिरुवाले आगामी वर्षहरूमा सडकलाई हरियाली र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपणलाई केवल बिरुवा रोप्ने औपचारिकता नभई वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिए।
डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले वृक्षारोपणभन्दा ठूलो चुनौती बिरुवाको संरक्षण रहेको बताए। उनका अनुसार विगतमा धेरै ठाउँमा रोपिएका बिरुवा संरक्षणको अभावमा नष्ट भएकाले यस अभियानमा संरक्षण, स्याहार र नियमित अनुगमनलाई प्राथमिकता दिइनेछ।
सरकारले सन् २०२५ देखि २०४५ सम्म सञ्चालन गर्ने २० वर्षे अभियानअन्तर्गत प्रत्येक वर्ष ३ करोडका दरले कुल ६० करोड बिरुवा रोप्ने लक्ष्य लिएको छ। वन क्षेत्र, सार्वजनिक जग्गा, नदी उकास, विद्यालय परिसर, सडक किनारा तथा खाली जमिनमा वृक्षारोपण गरी हरित क्षेत्र विस्तार, कार्बन उत्सर्जन न्यूनीकरण, भू–क्षय नियन्त्रण, जलस्रोत संरक्षण र जैविक विविधता जोगाउने योजना छ।
कोशी प्रदेशका सबै जिल्लामा एकसाथ सुरु भएको यो अभियान प्रत्येक वर्ष असार १५ देखि साउन १५ सम्म सञ्चालन गरिने जनाइएको छ। वर्षायाममा रोपिएका बिरुवाको बाँच्ने सम्भावना बढी हुने भएकाले यही समयलाई अभियानका लागि छनोट गरिएको हो।
अभियानमा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण सरकारको मात्र दायित्व नभई समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै बिरुवा रोपेर मात्रै होइन, त्यसको संरक्षण गरेर हरियाली नेपाल निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: