Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरुद्वारा निरीक्षण

खबरडबली संवाददाता

रौतहट । यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षती पुर्याएको छ । 

क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पुरबिभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको ठूलो क्षती हुनसक्ने सम्भावना रहेको छ । 

यसैबीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुर नगरप्रमुख मेयर रिना कुमारी साहले सक्रियतामा सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपुर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ । 

मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेक कुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहीत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरिक्षण गरेको थियो ।

टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए। मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यस पटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्छ अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन ।

मर्यादपुर छेउको बाँधमा नदीको पानी भन्दा पनि बर्षाको पानीले क्षती पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको बर्षात सुरुहुनु अघि मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरूले बताएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE