रौतहट । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालय गौरमा धर्ना बसेका आन्दोलनकारी पीडितसँग सहमति भएको छ ।
मौलापुर नगरपालिकाको विभिन्न टोलमा निर्माण भएको आवासहरूको भुक्तानी गर्न कर्मचारीहरूले जालझेल गर्दै आएपछि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चाको अगुवाइमा सरोकारवालाले पूर्वाधार कार्यालय गौरमा चार दिनअघि तालाबन्दी गरेर धर्नामा बसेका थिए ।
मोर्चाको अगुवाइमा धर्नामा बसेका पीडितहरू र मधेश सरकारका मन्त्री सरोज यादवको उपस्थितिमा सहमति भएको हो । सहमति अनुसार पूर्वाधार कार्यालय गौरबाट अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार पारेर आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भुक्तानी गर्ने, मौलापुर नगरपालिका अन्तर्गत पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति रौतहटमार्फत् यथाशीघ्र कागजातहरू पेश गराई पुल निर्माणको काम पूरा गर्नुपर्ने सहमति भएको मोर्चाका अध्यक्ष ठागा दाशले बताएका छन् ।
उल्लेखित मागहरू सम्बोधन भएपछि गठित संघर्ष समितिले आफ्ना सबै आन्दोलन आजैदेखि फिर्ता लिएको छ । बैठकमा मन्त्री यादवका साथै एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह, भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साह, संघर्ष समितिका अध्यक्ष ठागा दास लगायतको सहभागिता रहेको थियो ।
मधेश प्रदेश सरकारको मातहत रहेका जनता आवास कार्यक्रमका ठेकदारहरूले कैयौं घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोडेका छन् । रौतहटको कटहरिया-८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक ठागा दासले बताएका छन्।
यस अघी आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका सिडिओ हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: