Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

साक्षरतामा देशकै पुछारमा रहेको रौतहटको मान राखिन् अञ्जली कुमारी झाले

खबरडबली संवाददाता

रौतहट । शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन् । अञ्जली कुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन् ।

बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर  अञ्जली कुमारी झाले सिंगो जिल्लाकै मान राखेकी हुन् । रौतहटको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् थिइन् ।

सुरूदेखि नै अत्यन्तै लगनशील, मिहेनती र अनुशासित छात्राको रुपमा रहेको विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन् । उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन् गरिरहेकी थिइन् ।

प्रकाशित भएको नतिजा अनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन् । सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ ।

एसइई परीक्षाको नजितामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन् । जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जली कुमारी झा मात्र रहेको पुष्टि गरेका छन् ।

परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन् । बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending