Ntc summer Offer
Khabar Dabali ७ श्रावण २०८१ सोमबार | 22nd July, 2024 Mon
NIMB

अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अबैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरु लाई नियन्त्रणमा लिएको हो । ना७ त ३३८०,ना७ त ५६६३ ना७त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पाेखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन ।

बरामद गरिएको तीनवटै ट्याक्टर ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाईएको उनले जानकारी दिएका छन ।

उता रौतहट प्रहरी प्रमुख एस्पी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र ब्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशको विद्यार्थी आन्दोलन ४८ घण्टाका लागि स्थगित

एजेन्सी । सरकारी जागिरमा लागू गरिएको आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् ।  आइतबार बंगलाद...

देशभर विपद‍्मा परी हालसम्म १३१ को मृत्यु

काठमाडौं । बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद‍्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशीमा २२...

इजरायलले २ हजार जना केयरगिभर लैजाने

काठमाडौं । इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेको छ । तर, अब इजराय...

कर्णालीमा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक...

न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएक...

बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग

काठमाडौं । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरे...

कैलालीमा दुई सय ८९ उद्योग बन्द

कैलाली । कैलालीमा सञ्चालित दुई सय ८९  घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्न...

काठमाडौंको ढलमा पोलियो भेटिएपछि बालबालिकालाई पोलियो खुवाउने महानगरको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना ब...

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

काठमाडौं । विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभाबाट पा...

चितवनकाे सिमलताल दुर्घटना: ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy