Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

खबरडबली संवाददाता

सिरहा । सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ । करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा  जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । 

जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक नजिक स्थानीय सत्यदेव यादवले वनको करिव करोडौंको जग्गा अतिक्रमणगरी बनाएको चारकोठे भवन वनकार्यालयले भत्काएका छन् । निर्माणाधिन अवस्थामै वन कार्यालयले निर्माणकार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज  घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए ।

वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो । उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिनपारेर छत ढलान गर्नुभयो । आज हामीले सवै प्रकृया पुरा गरेर घर भत्काएका हौं ।’

उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्रप्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नवनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए ।  

यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ । उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरुले प्रयोग गरेको दावी गरे । उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ । हामीले पनि घर बनायौं ।’

उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायो ? भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ र ?’ भन्दै प्रतिकृया दिन चाहेनन् । सिरहामा भु–माफियाहरुले रानितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ । अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्न स्थानियहरुको माग छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending