Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

खबरडबली संवाददाता

रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमिला देवि जयस्वालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् । 

मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेकी हुन् । मेयर  यादव र उपमेयर जयस्वाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएपनि मेयरले मनमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयर सहितले नारा जुलुस प्रर्दशन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए विहिस्कार गरेकी छिन् । 

मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा ९औं नगर अधिवेशनको लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरुले मेयरसंग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाईएको छ । नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहिबेर मेयर यादव र उप मेयर जयसवालका समर्थक बिच धक्कामुकी समेत भएको थियो । 

उपमेयर जैसवालका समर्थकहरुले नगर अधिवेशन लेखिएको व्यानर समेत च्यातिदिएका छन । मेयर यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपमेयर जयसवालका समर्थक र मेयर यादवका समर्थक बिच कुटाकुटको स्थिती सृजना भएको थियो । 

आफुहरुसँग कुनै सरसल्लाह नै नगरि नगर प्रमुख यादवले आफ्ना मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफुहरु नगर अधिवेशन बहिस्कार गरेको नगर उपप्रमुख प्रमिला देवी जयसवालले आरोप लगाएकी छन । नगरको सभाहल बाहिर निक्लेर उपमेयर सहितको जनप्रतिनिधिले बिवाद बारे सम्बोधन गरेका थिए । वडा ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभा बारे छलफल नभएको आफूहरुलाई सञ्चार माध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आईतवार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराएको बताएका थिए । 

मेयर यादवले मनमानी बदनियत पूर्ण अधिवेशन गर्नखोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आव २०८०/०८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकम बारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९/०८० को आय ब्यय माग गर्दा पनि नपाएको, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरेको आन्तरिक आय बारे जानकारी नदिएको उपमेयर सहित बहिष्कार गर्ने पक्षले बताएका थिए । 

नगर अधिवेशन बहिष्कार गर्नेहरुमा उपमेयर प्रमिला देवी जैसवाल, वडा १ का अध्यक्ष रामाजोधी राउत,२ का धर्मेन्द्र पटेल,३ का मणि भुषण साह,७ का नरेन्द्र कुशवाहा,९ का अध्यक्ष मुक्ति नारायण मिश्रा संगै वडा सदस्य, कार्यपालिका सदस्य समेत गरी ३३ जना रहेका छन ।

बहिष्कार बारे बौधिमाई नगरप्रमुख प्रदीप कुमार यादवको प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाईलको स्विच अफ रहेको थियो भने सभा हलमा पत्रकार लाई प्रवेश निषेध गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: