Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बारामा एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी

खबरडबली संवाददाता

बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनौट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।

बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ । 

बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनौटका लागि संयोजक तोकिएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एक चिट निकालेर बाचन गर्न थालेपछि सहभागि नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर उनले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिडेका थिए । 

बारा ४ मा एकीकृत समाजवादीका २ हजार ११ संगठित सदस्य छन् । तर प्रतिनिधि छनौटका लागि भएको भेलामा ५० देखि ६० जनामा मात्रै सहभागी भएका थिए । भेलामा सहभागि एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरित मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनौट कार्यको विरोध भएको बताए । 

‘दुई हजार भन्दा बढी संगठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागि थिए । प्रतिनिधि छनौट प्रक्रिया अनुसार मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन्’ साहले भने, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो संगठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’

भेलामा सहभागि अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउँन खोजिनु पार्टी हितविपरितको काम भएको बताए । प्रतिनिधि छनौट अघि क्षेत्रिय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउँनुपर्ने ती सवै प्रक्रिया मिचिएको यादवले जनाएका छन । 

‘यस्तो पाराले पार्टीको हित हुदैन् । कुनै व्यक्तिका लागि पार्टीको विधान, नीति, प्रक्रिया नै मिच्ने काम गर्नु गलत हो । सिमित व्यक्तिको स्वार्थका लागि पार्टीका हजारौ सदस्यहरुको अधिकार खोस्नु राम्रो होईन्’ यादवले भने, ‘पार्टीले तोकेको संयोजकले नै आफूखुशी गर्न थालेपछि पार्टीले न्याय गर्नुपर्छ ।’

एकीकृत समाजवादी बाराको फेटा गाउँपालिका सचिव समेत रहेका अमिरका साहले भेलामा सहभागि नै नभएको व्यक्ति प्रतिनिधि हुनुले मनोमानी गर्न खोजिएको स्पष्ट भएको बताए । पार्टीहित विपरित काम गर्ने व्यक्तिलाई केही नेताले च्याप्न खोज्दा पार्टीको हित नहुने उनले बताए । 

एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहले समेत मनोमानी नगर्न सुझाव दिदै बैठकमै विरोध गर्दै गरेका थिए । तर सहभागिहरुको कुरा नसुनेर जबरजस्ती गरिएपछि उनले सो बारेमा पार्टीमा उजुरी समेत गरेका छन् । प्रक्रिया विपरित मनोमानी प्रतिनिधि छनौट गरेपछि पार्टीमा निवेदन दिदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने माग समेत गरेका छन् । 

बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएपछि प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्न माग गर्दै उजुरी समेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट देशैभरी भईरहेको छ ।

प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५–५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् । 

प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १० औ केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागि हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: