Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

खबरडबली संवाददाता

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दैै मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले चार विकेटको क्षतिमा १८ ओभर २ बलमा १२० रन पुरा गर्दै भेट्टाएको हो। 

यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङबिचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ।

पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९‍।२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए।

उनले २६ बलमा सात चौका र एक छक्का हाने। ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए। बलिङमा ओमानका  समिर ओथामनले दुई विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे। 

बलिङमा नेपालका करण केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending