Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

खबरडबली संवाददाता

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन्।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै बुर्लाकोटीले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे।

‘रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन’, महामन्त्री बुर्लाकोटीले भने, ‘सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।’ उनले गोरखकाली रवर उद्योगलाई पुन: सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक–पटक छलफल गरेको बताए।

‘गोरखकाली रवर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ’, उनले भने,‘सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।’

त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताए। राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उनको भनाइ छ।

महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक सम्बृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending