बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन्।
यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिए।
“दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ”, अध्यक्ष बोहराले भने, “त्यस बस्तीका मानिसले कलाकौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ ।”
अभियानअन्तर्गत हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरिएपछि स्थानीयले आत्मसम्मान महसुस गरेका उनले बताए।
स्थानीयले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्। “वर्षौंपछि गाउँका नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको भन्नसमेत असहज हुन्थ्यो, हाल केही सहज महसुस भएको छ”, पाटन–६ का स्थानीय राजु भुलले भने।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिए। “स्थानीयसँग समन्वय गर्दै गाउँको नाम फेर्न प्रस्ताव माग गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै वर्षभित्र यहाँका धेरै गाउँका नाम परिवर्तन गर्ने योजना बनाएका छौँ”, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...
जेष्ठ २४ गते, २०८३ - १७:२३
बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...
जेष्ठ २४ गते, २०८३ - १६:५९
पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...
जेष्ठ २४ गते, २०८३ - १६:५१
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...
जेष्ठ २४ गते, २०८३ - १६:४४
तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...
जेष्ठ २४ गते, २०८३ - १६:३४
काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...
जेष्ठ २४ गते, २०८३ - १५:४३
सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...
जेष्ठ २४ गते, २०८३ - १५:३२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...
जेष्ठ २४ गते, २०८३ - १५:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...
जेष्ठ २४ गते, २०८३ - १५:०३
काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...



प्रतिकृया लेख्नुहोस्: