Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

भारतीय प्रहरीको मस्टवान्टेड सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ

खबरडबली संवाददाता

रौतहट । भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० बर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा  काम गर्ने  बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि  राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाईकलमा चढी मौलापुर तर्फ गईरहेका थिए ।

सोही क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी भागी फरार भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरु सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो ।

उनीहरू भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

गत २ गते साँझ साढे ५ बजेको समयमा  मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल  १ थान, गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । जैसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्तागरी रौतहत जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारीहरेको सूचनामा उल्लेख गरिएको छ ।

आरोपी भारतीय नागरिक मोनु जायसवाल भारतीय प्रहरीले मस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एकदर्जन भन्दा बढी आपराधिक मुद्दाहरु दर्ता रहेको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले बताएका छन । आरोपी जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोवार, लुटपाट, अपहरण,अबैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ ।

गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरु संग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एकजना जवान माथि आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ । जैसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending