Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या

खबरडबली संवाददाता

रौतहट । सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमासुरक्षा बल एसएसबीले ज्यादतीपुर्ण ब्यवहार गर्ने गरेको रौतहट स्थित सिमाबासिले गुनासो गरेका छन् । 

बिवाह, चाडँ पर्व लगायत बिभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

बौधिमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमास्तम्भ ३५५/७ नजिकै आँपको बगैंचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा आयोजीत "सिमाबासी संग सशस्त्र प्रहरी" बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडा संगै  सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंको प्रमुख आतिथ्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवको बिशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बीउबिजन, मलखाद ल्याउँदा एसएसबिले बिभिन्न कारण देखाएर गर्ने हैरानी प्रति सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन बिद्रोही माओवादी र सरकार बिच भएको १० बर्षे सशस्त्र द्वन्दको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमा स्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानिय ब्यापारी देखि सर्वसाधारण सिमाबासिले शास्ती खेप्नुपरेको हुँदा सञ्चालनको लागि सहभागीहरुले पहल गरिदिन आग्रह गरेका थिए ।

त्यस्तै हाल बर्षात तथा मनसुनको समय आउनै लागेकाले हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरण बारे स्थानीयहरूले प्रश्न उठाएका थिए ।

सीमासंग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुनेगरेको बिभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमाक्षेत्रमा आवतजावत गर्न  वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए । केही कुपात्रहरुले सामाजिक सञ्जालमा सीमाक्षेत्रमा अबैध गतिबिधि भईरहेको भनेर भ्रम फैलाउने गरेकाले त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने सिमाबासिले माग गरेका थिए ।

सिमाबासिले राखेको बिभिन्न समस्याहरूको समाधान बारे मेयर प्रदीप कुमार यादव र सीमाको महत्व सुरक्षा बारे उठेको प्रश्नको  सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जवाफ दिएका थिए ।

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधिमाई र परोहा नगरपालिकाका स्थानिय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरी बल रौतहटका एस्पी हुमागाईंको सक्रियतामा रौतहटमा सिमाबासिको समस्या उजागर संगै समाधान गर्ने पटकपटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: