काठमाडौं । राष्ट्रिय समावेशी आयोगले अहिलेसम्म गरेका काम परिणाममुखी नभएकामा सांसदहरुले प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा ‘नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र राष्ट्रिय समावेशी आयोगले खेलेको भूमिका’ सम्बन्धमा गरिएको छलफलमा सांसद रोशन कार्कीले आयोगले अध्ययन कार्य गरिरहेको भनिएका विषयको प्रभाव र परिणाम के आयो ? भन्नेबारेमा समेत खुलाउनुपर्ने बताए । उनले आयोगले तयार पारेको कार्यपत्रप्रति असन्तुष्टि व्यक्त गर्दै अब परिणाम चाहिन्छ भने ।
आयोगकी उपसचिव सुशीलाकुमारी पन्तले ‘सामाजिक समावेशीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै समावेशी आयोगको उद्देश्य, मर्म र हालसम्मको कार्यसम्पादन विवरणबारे जानकारी दिए । कार्यपत्रमाथि टिप्पणी गर्दै सांसद आशा विकले सरकारले जुन उद्देश्यका साथ आयोग गठन गरेको त्यसअनुरुप कार्यसम्पादन हुन नसकेको बताए ।
“समावेशी आयोगले उद्देश्यअनुरुप भूमिका खेलेको देखिँदैन”, उनले भने, “बजेट अभाव, जनशक्तिको कमीलगायत समस्या छन्, यी विषयमा छलफल गरिनुपर्छ ।”
सांसद ईश्वरबहादुर रिजालले समावेशी आयोग समाजको सबैभन्दा पिँधमा परेका समुदायप्रति बढी जवाफदेही र कर्तव्यनिष्ठ हुनुपर्ने सुझाव दिए । समाजको बहिष्करणमा परेका दलित समुदायलाई आयोगले कसरी अन्तरघुलन गराउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए ।
यसैगरी सांसद सुशीला श्रीपाली ठकुरीले सडकमा रहेका बालबालिकाको विषयमा अध्ययन गर्न आयोगलाई सुझाव दिइन । आयोगका अध्यक्ष विष्णुकुमारी ओझाले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै आयोगले सीमित बजेट तथा स्रोतसाधनमा थुप्रै जिम्मेवारी पूरा गर्नु परेको बताइन । समाजमा पछि परेका विभिन्न सुमदाय र वर्गको अवस्थामाथि अनुसन्धान भइरहेको उनले जानकारी दिइन ।
“समावेशी आयोग समाजको पिँधमा पारिएका सबै समुदायको साझा थलो हो”, उनले भनिन्, “सरकारले आयोगका केही सुझाव कार्यान्वयन गरेको छ तर कतिपय सुझावको सुनुवाइ हुन बाँकी छ । ती सुझाव कार्यान्वयन भएमा कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पर्नेछ ।”
समितिका सभापति किरणकुमार साहले आयोगलाई चुस्त र परिणाममुखी कार्यसम्पादनका लागि बैठकका तर्फबाट निर्देशन दिएकी थिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: