Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

खबरडबली संवाददाता

इलाम । भारततर्फ नेपाली चियाको निर्यातमा कडाइ भएपछि बन्द भएका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्। संघीय सरकार र स्थानीय तहबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएपछि असार १ गतेदेखि बन्द रहेका उद्योग सञ्चालनमा ल्याइएको हो।

इलाम, झापा, पाँचथर, भोजपुर, कास्कीलगायत जिल्लाका अर्थोडक्स चिया उद्योगहरूले भारतीय बजारमा सहज निकासीको माग गर्दै उत्पादन बन्द गरेका थिए।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूका अनुसार सरकारले गठन गरेको कार्यदलले उद्योगीका सुझावलाई सकारात्मक रूपमा लिएर समाधानका लागि पहल गर्ने मौखिक प्रतिबद्धता जनाएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो।

झापास्थित नेपाल चिया उत्पादक सङ्घले पनि विज्ञप्ति जारी गर्दै सरकारसँगको छलफल सकारात्मक बनेकाले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ।

उद्योगीका मुख्य माग

उद्योगीहरूले भारतसँग तत्काल कूटनीतिक पहल गर्न, नेपालमै अन्तर्राष्ट्रियस्तरको चिया परीक्षण प्रयोगशाला स्थापना नभएसम्म पुरानै सीएफएल (CFL) प्रणालीबाट चिया निकासी गर्न दिन, गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण उपलब्ध गराउन तथा अर्गानिक चिया उत्पादन प्रवर्द्धनका लागि आवश्यक कानुन, नीति र बजेट व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन्।

सूर्योदय नगरपालिकाको साथ

सूर्योदय नगरपालिकाले उद्योगीलाई राहत दिन निर्यात हुन नसकेको करिब १० लाख किलो अर्थोडक्स चिया भण्डारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। आवश्यकता परे एक सिजनमा उत्पादन हुने करिब ३० लाख किलो चिया भण्डारण गर्न सकिने संरचना तयार गर्ने प्रतिबद्धता पनि नगरपालिकाले जनाएको छ।

भण्डारण व्यवस्थापनका लागि आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको नेतृत्वमा उद्योगी सहभागी समिति गठन गरिएको छ। समितिले एक साताभित्र भण्डारणस्थल व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

किसानलाई सबैभन्दा ठूलो मार

चिया उद्योग बन्द हुँदा यसको प्रत्यक्ष असर किसानमा परेको छ। उद्योग सञ्चालन नहुँदा दैनिक करिब दुई लाख किलो हरियो चियापत्ती बिक्री हुन सकेन।

यसअघि प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्म मूल्य पाउने किसान अहिले सिटिसी चियाका लागि प्रतिकिलो १५ रुपैयाँमै चियापत्ती बेच्न बाध्य भएका छन्। प्रतिकिलो करिब १२ रुपैयाँ टिपाइ खर्च लाग्ने भएकाले किसानको हातमा तीन रुपैयाँ मात्र बच्ने अवस्था आएको छ।

१० दिनको अवधिमा करिब २० लाख किलो हरियो चियापत्ती बिक्री हुन नसकेको अनुमान गरिएको छ। औसत प्रतिकिलो ५० रुपैयाँका आधारमा किसानले झण्डै १० करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको उद्योगीहरूको दाबी छ।

नगरपालिकाले गुणस्तरीय तथा विषादीरहित चिया उत्पादन प्रवर्द्धन गर्न शुक्रबार सबै १४ वडामा किसान, उद्योगी र स्थानीय सरकारबीच छलफलसमेत आयोजना गर्ने जनाएको छ।

भारतले गत मे १ देखि चिया निर्यातका लागि प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि नेपाली चियाको निकासी प्रभावित हुँदै आएको छ। उद्योग सञ्चालन पुनः सुरु भए पनि भारतीय बजारमा सहज निकासीको दीर्घकालीन समाधान भने अझै पर्खाइमै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending