Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

खबरडबली संवाददाता

बाजुरा । बुढीगङ्गा नगरपालिका–६ र त्रिवेणी नगरपालिका–८ को सीमामा पर्ने मौरेस्थित बुढीगङ्गा खोलामा पक्की पुल नबन्दा वर्षायाम सुरु भएसँगै त्रिवेणी नगरपालिकाको सडक यातायात प्रभावित हुने गरेको छ। खोलामा पानी बढेपछि सवारीसाधन मौरे र बाम्का बजारमै रोकिन बाध्य हुन्छन्।

हिउँदमा काठेपुलको सहारामा त्रिवेणीसम्म पुग्ने सवारीसाधन वर्षायाममा सञ्चालन हुन नसक्दा स्थानीयले दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा सास्ती भोगिरहेका छन्।

बाम्का बजारका व्यापारी डम्मर साउँदका अनुसार त्रिवेणीका अधिकांश वडामा आवश्यक सामग्री यही बजारबाट आपूर्ति हुने गर्छ। सडक विस्तार भए पनि बुढीगङ्गामा पुल नहुँदा प्रत्येक वर्ष वर्षायाममा यातायात अवरुद्ध हुने समस्या दोहोरिने गरेको उनले बताए।

अर्का व्यापारी दीपक साउँदले पनि हिउँदमा सहज हुने ढुवानी वर्षा लागेपछि ठप्प हुने गरेको बताउँदै पुल निर्माणमा भएको ढिलाइले स्थानीय जनजीवन र व्यापार दुवै प्रभावित भएको बताए।

त्रिवेणी नगरपालिकामा नौ वडा, तीन हजार ७०२ घरधुरी र १७ हजार ७९८ जनसंख्या छन्। नगरपालिकाका लागि आवश्यक अधिकांश खाद्यान्न, उपभोग्य सामग्री तथा निर्माण सामग्री अहिले पनि बाम्का बजारबाटै ढुवानी हुने गरेको छ।

ठेक्का रद्द, मुद्दा सर्वोच्चमा

आर्थिक वर्ष २०७८/७९ मा बुढीगङ्गा खोलामा पक्की पुल निर्माणको ठेक्का बीकेयू कन्स्ट्रक्सन, काठमाडौंले पाएको थियो। तर तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि ठेक्का रद्द गरिएको त्रिवेणी नगरपालिकाका इन्जिनियर नवीन साउँदले जानकारी दिए।

ठेक्का रद्दविरुद्ध निर्माण कम्पनीले सुरुमा पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो। उच्च अदालतले कार्यालयकै पक्षमा फैसला गरेपछि कम्पनी अहिले सर्वोच्च अदालत पुगेको छ।

महाकाली पुल महाशाखा, महेन्द्रनगरका योजना प्रमुख नेत्रप्रसाद देवकोटाले सर्वोच्च अदालतबाट पनि कार्यालयकै पक्षमा फैसला आउने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रिया टुंगिएलगत्तै नयाँ ठेक्का आह्वान गरिने बताए।

उनका अनुसार करिब ३० करोड रुपैयाँ लागत अनुमानसहित आगामी आर्थिक वर्षदेखि पुल निर्माण सुरु गर्ने लक्ष्यका साथ नयाँ ठेक्का प्रक्रियाको तयारी अघि बढाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending