Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्ः सांसद रञ्जु झा

खबरडबली संवाददाता

काठमाडौं ।  लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसद्मा उठेको छ । संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो । 

समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसद्मा आवाज उठेको हो ।   प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकको विशेष समयमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताइन । उहाँहरू महिला र पुरुष भएर नागरिकता लिने तरखरमा हुनुहुन्छ, नेपाल सरकारले दिएको पाइएको छ,उनले भनिन्,त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्तो गलत प्रवृत्ति, गलत काम, गैरकानुनी कामलाई सरकारले रोकोस्।

नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार समलिङ्गी, तेस्रो लिङ्गीलाई पहिचान अनुसार अन्य विधामा नागरिकता दिने व्यवस्था छ। तर, महिला, पुरुष र पुरुष, महिला बन्ने गलत अभियान यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकारमा काम गर्ने एनजिओहरूले चलाएका छन् । यसको समुदायभित्रबाट चौतर्फी विरोध भइरहेको छ । तर, एनजिओहरूको नेतृत्वमा रहेकाहरूले व्यक्तिगत स्वार्थका लागि समुदायको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई मृत्यु समेत हुन थाल्दा समेत नेपाल परिवार नियोजन सङ्घसँग मिलेर हर्मोन क्लिनिक नै सञ्चालन गरेका छन्। लिङ्ग परिवर्तनका लागि उक्साउने गरेका छन्। 

एनजिओहरूको यस्तो गलत एवं गैरकानुनी काम तत्काल रोक्न सांसद झाले सरकारको ध्यानाकर्षण गराएकी हुन्। देशभरका ७५३ स्थानीय तहमा सिटामोल पुग्न नसकेको अवस्थामा फेसनको रूपमा हर्मोन क्लिनिक सञ्चालन गर्ने काम तत्काल रोकिनुपर्ने उनले बताइन । लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने एनजिओहरूको काम रोक्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन। त्यसकारण सभामुख महोदय लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने काम एनजिओहरूले गरेका छन्,उनले भनिन्,त्यतातिर नेपाल सरकार गम्भीर होस् । 

जथाभाबी प्रेसरको रूपमा हर्मोन प्रयोग भइरहेको छ। फेसनको रूपमा प्रयोग हुन थालेको हर्मोनले ठुलो मानवीय क्षति पुग्ने भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । 

नागरिकता ऐनमा संशोधन भएर ‘अन्य’ पहिचान पाएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नसाका रूपमा गैरकानुनी रूपमा वितरण हुने हर्मोनले मानसिक स्वास्थ्य समेत प्रभावित बनाउने समुदायका सदस्यहरूले बताए। यो दुरुत्साहन रोक्न सरकार तत्काल सजग बन्न जरुरी रहेको उनीहरूले माग गरे। 

राम्री हुने होडबाजीमा समुदायका धेरै जना हर्मोनको अन्धाधुन्दा प्रयोगमा लाग्दा विभिन्न किसिमका शारीरिक र मानसिक समस्याहरूमा परिरहेका छन् । मधुमेह, मिर्गौला सम्बन्धी समस्या, युरिक एसिड, थाईराइड, क्यान्सर, छाला सम्बन्धी समस्या, विभिन्न आन्तरिक समस्या आदिमा पर्नु परेको अवस्था छ,समुदायका एक सदस्यले भने, तर सन् २००१ देखि काम गर्दै आइरहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार र सशक्तीकरणका लागि खुलेको संस्था नील हिरा समाजले बाटो बिराएको आभास हुन्छ।

जथाभाबी हर्मोन लिने यो समुदायका मानिसहरू राम्रो भन्दा नराम्रो काममा बढी प्रोत्साहित भएको ती सदस्यले बताए। हर्मोनको जानकारी संस्थागत रूपमा नील हिरा समाजले  दिन नसक्नु, संस्थाभित्र नै हर्मोनको व्यवसायीकरण हुनु, राजनीतिकरण हुनु र अन्धाधुन्ध तरिकाले संस्था नै सर्जरी र हर्मोन जस्तो विषाक्त औषधिको व्यापार प्रवर्धनमा लाग्नु आदीले यो समुदायको शारीरिक र मानसिक अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ, समुदायका सदस्यले भने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कुनै मापदण्ड बिना परिवार नियोजन सङ्घसँग मिली हर्मोन वितरण गर्नु र यो समुदाय भित्र महिलाको लिङ्गमा जन्मिएकालाई पुरुष र पुरुषको लिङ्गमा जन्मिएकालाई महिला बनाउन गलत अभ्यास र होड बाजी नै चलेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending