Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्ः सांसद रञ्जु झा

खबरडबली संवाददाता

काठमाडौं ।  लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसद्मा उठेको छ । संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो । 

समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसद्मा आवाज उठेको हो ।   प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकको विशेष समयमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताइन । उहाँहरू महिला र पुरुष भएर नागरिकता लिने तरखरमा हुनुहुन्छ, नेपाल सरकारले दिएको पाइएको छ,उनले भनिन्,त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्तो गलत प्रवृत्ति, गलत काम, गैरकानुनी कामलाई सरकारले रोकोस्।

नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार समलिङ्गी, तेस्रो लिङ्गीलाई पहिचान अनुसार अन्य विधामा नागरिकता दिने व्यवस्था छ। तर, महिला, पुरुष र पुरुष, महिला बन्ने गलत अभियान यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकारमा काम गर्ने एनजिओहरूले चलाएका छन् । यसको समुदायभित्रबाट चौतर्फी विरोध भइरहेको छ । तर, एनजिओहरूको नेतृत्वमा रहेकाहरूले व्यक्तिगत स्वार्थका लागि समुदायको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई मृत्यु समेत हुन थाल्दा समेत नेपाल परिवार नियोजन सङ्घसँग मिलेर हर्मोन क्लिनिक नै सञ्चालन गरेका छन्। लिङ्ग परिवर्तनका लागि उक्साउने गरेका छन्। 

एनजिओहरूको यस्तो गलत एवं गैरकानुनी काम तत्काल रोक्न सांसद झाले सरकारको ध्यानाकर्षण गराएकी हुन्। देशभरका ७५३ स्थानीय तहमा सिटामोल पुग्न नसकेको अवस्थामा फेसनको रूपमा हर्मोन क्लिनिक सञ्चालन गर्ने काम तत्काल रोकिनुपर्ने उनले बताइन । लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने एनजिओहरूको काम रोक्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन। त्यसकारण सभामुख महोदय लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने काम एनजिओहरूले गरेका छन्,उनले भनिन्,त्यतातिर नेपाल सरकार गम्भीर होस् । 

जथाभाबी प्रेसरको रूपमा हर्मोन प्रयोग भइरहेको छ। फेसनको रूपमा प्रयोग हुन थालेको हर्मोनले ठुलो मानवीय क्षति पुग्ने भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । 

नागरिकता ऐनमा संशोधन भएर ‘अन्य’ पहिचान पाएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नसाका रूपमा गैरकानुनी रूपमा वितरण हुने हर्मोनले मानसिक स्वास्थ्य समेत प्रभावित बनाउने समुदायका सदस्यहरूले बताए। यो दुरुत्साहन रोक्न सरकार तत्काल सजग बन्न जरुरी रहेको उनीहरूले माग गरे। 

राम्री हुने होडबाजीमा समुदायका धेरै जना हर्मोनको अन्धाधुन्दा प्रयोगमा लाग्दा विभिन्न किसिमका शारीरिक र मानसिक समस्याहरूमा परिरहेका छन् । मधुमेह, मिर्गौला सम्बन्धी समस्या, युरिक एसिड, थाईराइड, क्यान्सर, छाला सम्बन्धी समस्या, विभिन्न आन्तरिक समस्या आदिमा पर्नु परेको अवस्था छ,समुदायका एक सदस्यले भने, तर सन् २००१ देखि काम गर्दै आइरहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार र सशक्तीकरणका लागि खुलेको संस्था नील हिरा समाजले बाटो बिराएको आभास हुन्छ।

जथाभाबी हर्मोन लिने यो समुदायका मानिसहरू राम्रो भन्दा नराम्रो काममा बढी प्रोत्साहित भएको ती सदस्यले बताए। हर्मोनको जानकारी संस्थागत रूपमा नील हिरा समाजले  दिन नसक्नु, संस्थाभित्र नै हर्मोनको व्यवसायीकरण हुनु, राजनीतिकरण हुनु र अन्धाधुन्ध तरिकाले संस्था नै सर्जरी र हर्मोन जस्तो विषाक्त औषधिको व्यापार प्रवर्धनमा लाग्नु आदीले यो समुदायको शारीरिक र मानसिक अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ, समुदायका सदस्यले भने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कुनै मापदण्ड बिना परिवार नियोजन सङ्घसँग मिली हर्मोन वितरण गर्नु र यो समुदाय भित्र महिलाको लिङ्गमा जन्मिएकालाई पुरुष र पुरुषको लिङ्गमा जन्मिएकालाई महिला बनाउन गलत अभ्यास र होड बाजी नै चलेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending