काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
२३औँ राष्ट्रिय धान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिमा आधुनिकीकरण गर्न सके विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात घटाउन सकिने बताए।
उनले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याउँदै कृषि जीविकोपार्जनको माध्यम मात्र नभई सम्मानजनक र आकर्षक व्यवसायका रूपमा विकास गर्न सबैलाई आग्रह गरे। यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, योजना र सहयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले असार महिना धान रोप्ने र ‘मानो रोपेर मुरी फलाउने’ समय भएकाले नेपाली जीवनशैली, माटो र प्रकृतिसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरे। हिलोमा धान रोप्ने, दही–चिउरा खाने र असारे संस्कृति मनाउने परम्पराले नेपाली समाजको मौलिक पहिचान झल्काउने उनले बताए।
जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएको उल्लेख गर्दै उनले उत्पादन र उत्पादकत्व बढाउन सरकार, किसान र सरोकारवाला सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपतिले नेपालको धानखेती अझै पनि वर्षामा निर्भर रहेकाले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। वर्षा राम्रो हुँदा उत्पादन बढ्ने र कम वर्षा हुँदा उत्पादन घट्ने अवस्थाको अन्त्य गर्न दीर्घकालीन सिँचाइ पूर्वाधारमा लगानी आवश्यक रहेको उनको भनाइ छ।
विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित देशभर धान दिवस मनाइँदै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: