कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू रोपाइँसँगै सांस्कृतिक उत्सवस्थलमा परिणत भए।
पोखरा महानगरपालिका–३० स्थित शिशुवा देउरालीमा आयोजित २१औँ असारे रोपाइँ महोत्सवमा भारत, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायत विभिन्न देशका पर्यटक सहभागी भए। उनीहरूले स्थानीय किसानसँगै धान रोपे, हिलो खेले, असारे भाकामा नाचे र नेपाली ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिए।
पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव यस वर्ष पनि ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित सम्पन्न गरेको हो। आयोजकका अनुसार कृषि, संस्कृति र पर्यटनलाई एकै सूत्रमा बाँध्दै पोखरालाई मौलिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार राष्ट्रिय धान दिवस असार १५ मा पूर्णिमा परेकाले किसानले हल–गोरु नचलाउने परम्परालाई सम्मान गर्दै यस वर्ष महोत्सव एक दिनअघि आयोजना गरिएको हो।
उनले यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली कृषि परम्परा, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष जोड्नुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धानको व्यावसायिक उत्पादन बढाउन महानगरले किसानलाई अनुदान, कृषि उपकरण, मल र बीउमा सहयोग गर्दै आएको जानकारी दिए। उनले पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ब्रान्डिङ सुरु गरिएको उल्लेख गर्दै परम्परागत खेतीलाई संरक्षण गर्दै आधुनिक कृषिप्रणालीमा अघि बढ्नुपर्नेमा जोड दिए।
पोखरा पर्यटन परिषद्का महासचिव तथा महोत्सव संयोजक जीवनराज सापकोटाले महोत्सवले कृषि र पर्यटनलाई जोड्दै स्थानीय उत्पादन, संस्कृति र ग्रामीण जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको बताए।
दुई दशकभन्दा बढी समयदेखि निरन्तर आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव अहिले पोखराको कृषि संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित भएको छ। स्वदेशीसँगै विदेशी पर्यटकको सक्रिय सहभागिताले यस वर्षको महोत्सव पनि थप आकर्षक बनेको आयोजकको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: