Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कृषिलाई आधुनिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउन साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले असार १५ नेपाली कृषि, संस्कृति र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गरेका छन्। उनका अनुसार धान रोपाइँसँग जोडिएको यो दिन किसानको मिहिनेत, उत्पादनशीलता र खाद्य सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतीक हो भने धान ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र नेपाली सभ्यताको अभिन्न हिस्सा पनि हो।

आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ र कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको प्रमुख आवश्यकता भएको बताएका छन्। संविधानले सुनिश्चित गरेको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति र उत्पादनमुखी कृषि प्रणालीमा राज्यको लगानी बढाउनुपर्ने उनको भनाइ छ।

किसानले अझै पनि समयमै मल, बीउ, सिँचाइ सुविधा र उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरेको बताए। त्यसका लागि कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधि, कृषि बीमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा उनले जोड दिएका छन्।

आङदेम्बेले वर्षेनी धान तथा चामलको आयात बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। उनले युवा पुस्तालाई कृषिमा आकर्षित गर्दै कृषिलाई सम्मानित र लाभदायी पेशाका रूपमा विकास गर्न तथा उत्पादन र उत्पादकत्व बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस किसानका हक–हितको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता र कृषिको दिगो विकासप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending