Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आजको आवश्यकता : सभामुख अर्याल

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएको बताएका छन्।

महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले सार्वजनिक वित्त व्यवस्थापन, सूचना प्रविधिको विकास, जोखिमका बदलिँदा क्षेत्र तथा नागरिकको बढ्दो अपेक्षाअनुसार लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जन हुनुपर्ने बताए।

उनले महालेखा परीक्षक कार्यालयले प्रत्येक वर्ष करिब ६ हजार सार्वजनिक निकाय तथा कार्यालयको लेखा परीक्षण निर्धारित समयमै सम्पन्न गर्दै आएको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद देशभरका हजारौँ निकायको लेखा परीक्षण समयमै सम्पन्न गर्नु चुनौतीपूर्ण कार्य भएको बताए।

सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन नसक्ने स्पष्ट पार्दै महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार ८८ अर्ब ९ करोड रुपैयाँ बेरुजु देखिएको र हालसम्मको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको उल्लेख गरे।

उनले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताजनक रहेको भन्दै बेरुजुको समयमै फर्छ्योट, आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु दोहोरिन नदिने व्यवस्था गर्न तीनै तहका सरकार, लेखा उत्तरदायी अधिकारी तथा सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी रहेको बताए।

उत्तरदायित्व र जवाफदेहिताको संस्कृतिको विकास आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा आधुनिक सूचना प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको बताए।

नेपालको लेखा परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन कम्प्युटर सहायताप्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी उपयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखा परीक्षक कार्यालयले विशेष ध्यान दिने विश्वास पनि उनले व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...

कृषि विकास र किसानका समस्या समाधानलाई प्राथमिकता दिन प्रचण्डको आग्रह

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आजको आवश्यकता : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...

१०० शय्याभन्दा बढी क्षमताका मेडिकल कलेजमा पीसीएल नर्सिङ सञ्चालनको बाटो खुल्यो

काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending