Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

खबरडबली संवाददाता

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडिएको सांस्कृतिक संस्था ‘रक्तिम सांस्कृतिक अभियान’ भने चार दशकभन्दा बढी समयदेखि जनताको मनमा उस्तै लोकप्रिय बनेर उभिएको छ।

यसको झल्को शनिबार बुटवलमा आयोजित ‘विशेष रक्तिम साँझ–२०८३’ मा देखियो। करिब ४१ डिग्री सेल्सियसको अत्यधिक गर्मी, विद्युत् अवरोध र कार्यक्रम ढिलो सुरु हुँदा पनि दर्शकहरूको उत्साहमा कमी आएन। बुटवल उद्योग वाणिज्य संघको सभाहल खचाखच भरिएको थियो भने बाहिरसमेत सहभागीहरूको बाक्लो उपस्थिति थियो।

रक्तिमका संस्थापकदेखि नयाँ पुस्तासम्मका करिब चार दर्जन कलाकारले गीत, नृत्य, ओपेरा र गीति–नाटकमार्फत जनवादी संस्कृति, सामाजिक यथार्थ, वैदेशिक रोजगारी, राजनीतिक परिवर्तन र राष्ट्रिय मुद्दाहरूलाई मञ्चमा उतारे। राजनीतिक कार्यक्रममा कम देखिने समर्थकहरू पनि रक्तिमको सांस्कृतिक कार्यक्रममा भने स्वतः आकर्षित भएको दृश्यले यसको प्रभाव झल्काएको थियो।

कार्यक्रमको सुरुवात ‘हामी एक बनौँ’ सामूहिक गीतबाट गरिएको थियो। गीतले विभाजित वामपन्थी आन्दोलनलाई सांस्कृतिक माध्यमबाट एकताको सन्देश दिएको अनुभूति गरायो। त्यसपछि प्रस्तुत गरिएको ‘कम्युन संस्कृति’ नृत्यले श्रम, समानता र सामूहिकताको पक्षमा सन्देश प्रवाह गर्‍यो।

जीवन शर्माको रचना तथा संगीतमा आधारित ‘आएन परदेशी’ गीति–नाटकले वैदेशिक रोजगारीका कारण परिवारमा आउने विछोड र पीडालाई मार्मिक ढंगले प्रस्तुत गर्‍यो। यस्तै, ‘फेरि पनि हुकुमी शासन चल्दैछ’, ‘छेकेर छेकिन्न इतिहासको पाना’ र ‘घरबाट आयौ, के खबर ल्यायौ’ जस्ता चर्चित गीतहरूले पुराना संघर्षका दिन सम्झाउँदै आजको राजनीतिक र सामाजिक यथार्थमाथि प्रश्न उठाए।

स्थानीय कलाकारहरूले प्रस्तुत गरेको कौरा र थारु समुदायको ‘सखिया’ नृत्यले कार्यक्रमलाई सांस्कृतिक विविधताले भरिएको बनायो। समसामयिक राजनीतिमाथि व्यङ्ग्य गरिएको प्यारोडी प्रस्तुतिले दर्शकलाई हँसाउनुका साथै सोच्न पनि बाध्य बनायो।

‘किन चाहियो संघीयता’ शीर्षकको नृत्य–प्रस्तुतिमार्फत राष्ट्रिय जनमोर्चाको संघीयताप्रतिको वैचारिक असहमति पनि सांस्कृतिक शैलीमा प्रस्तुत गरियो। यसले सांस्कृतिक मञ्च राजनीतिक बहसको माध्यम पनि बन्न सक्ने संकेत गरेको थियो।

कार्यक्रमको सबैभन्दा आकर्षक क्षण भने रक्तिमका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मा मञ्चमा उक्लिएपछि आयो। उनले ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो’, ‘आऊ है एकताको झण्डामुनि’, ‘योद्धा हो’, ‘कठिन छ बाटो’ र अन्तिममा ‘सिमली छायाँमा’ गाउनासाथ पूरा सभाहल गीतसँगै गुञ्जियो। उनी मञ्चबाट तल झरेर दर्शकमाझ पुग्दा सहभागीहरू गीत गाउँदै, नाच्दै र ताली बजाउँदै उत्सवमा रमाएका थिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित पुराना नेता–कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति थियो। विगतमा पार्टीसँग आबद्ध भएर अहिले अन्य दलमा रहेका धेरै व्यक्तिहरू पनि रक्तिम हेर्न पुगेका थिए। यसले राजनीतिक बाटो फरक भए पनि सांस्कृतिक सम्बन्ध अझै बलियो रहेको सन्देश दिएको देखिन्थ्यो।

रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, महासचिव हेमराज आश्रम, सचिव सबिन अगेजा, नृत्य निर्देशक सचित्र केसी, मीना बुढाथोकीसहित तीन दर्जनभन्दा बढी कलाकार सहभागी रहेको कार्यक्रममा संस्कृति, संघर्ष र परिवर्तनका गीतहरू एकपछि अर्को प्रस्तुत गरिएका थिए।

रक्तिमका महासचिव हेमराज आश्रमका अनुसार देशव्यापी सांस्कृतिक अभियानअन्तर्गत अब दाङमा कार्यक्रम आयोजना गरेर यस चरणको अभियान समापन गरिनेछ। पुरानो पुस्तालाई संघर्षको इतिहास स्मरण गराउने र नयाँ पुस्तालाई जनवादी सांस्कृतिक आन्दोलनसँग परिचित गराउने उद्देश्य अभियानको मुख्य लक्ष्य रहेको उनले बताए।

चार दशकभन्दा लामो यात्रामा रक्तिम केवल एउटा सांस्कृतिक संस्था नभई संघर्ष, आशा, विद्रोह र परिवर्तनको साझा स्मृतिका रूपमा स्थापित भएको सन्देश बुटवलको यो सांगीतिक साँझले फेरि एकपटक दिएको सहभागीहरूको भनाइ थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending