काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
तनहुँ र नवलपुरको सीमाबाट बग्ने कालीगण्डकी नदीमा निर्माण भइरहेको ४७.७ मेगावाट क्षमताको आयोजनाले निर्माण सुरु भएको करिब ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ।
मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीका अनुसार देवघाटको साँधे बगर क्षेत्रमा निर्माण भइरहेको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् चितवनको न्यु भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यो आयोजना ड्याम–टु–टो अवधारणामा निर्माण भइरहेको छ। आयोजनाअन्तर्गत बन्ने १८ मिटर अग्लो बाँधका कारण कालीगण्डकी नदीको माथिल्लो भागमा करिब १५ किलोमिटर लामो जलाशय निर्माण हुनेछ। कम्पनीले उक्त जलाशयमा सुविधासम्पन्न क्रुज सेवा सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ।
यस्तै, बाँधको माथिल्लो भागबाट झर्ने पानीलाई आकर्षक झरनाको रूपमा अवलोकन गर्न मिल्ने गरी करिब ३० मिटर उचाइमा पाँचतारे होटलसमेत निर्माण भइरहेको कम्पनीले जनाएको छ।
आयोजना सम्पन्न भएपछि जलविद्युत् उत्पादनसँगै पर्यटन प्रवर्द्धनलाई जोड्ने नेपालकै नमुना हाइड्रो–टुरिजम परियोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: