काठमाडौं। बागमती करिडोर सडक खण्डमा निर्मित दुई नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ उद्घाटन भएको छ । मोटरेबलको पुलको बुधबार उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरे।
नवनिर्मित पुलले काठमाडौं निर्वाचन क्षेत्र २ र ३ तथा गोकर्णेश्वर र मनोहरा नगरपालिकालाई जोड्ने छ। मन्त्री महासेठले पुल निर्माणपछि स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । पुल सञ्चालनपछि धेरैले खुसी व्यक्त गरेको देखिए पनि यो खुसी हुनुपर्ने नयाँ काम नभएकाे भन्दै उनले जनताको आवश्यकता पूरा भएको बताए ।
उपत्यकामा अब नयाँ डिजाइनका पुल निर्माणले प्राथमिकता पाउने र गोकर्णेश्वर तथा मनोहरा आसपास क्षेत्रमा सडक मर्मतलाई प्राथमिकता दिइने पनि उनले बताए। पुल निर्माण सडक डिभिजन काठमाडौंले गरेको हो ।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार ४१।८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको उक्त पुल ३ करोड ८० लाखमा निर्माण भएको हो । पुल निर्माण ड्रयागन रियलको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी)ले गरेको हो।
भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देलले पुल निर्माण हुनु सहर विकासको सूचक भएको धारणा व्यक्त गरे । पुल सञ्चालनपछि काठमाडौं उपत्यककाको ट्राफिक व्यवस्थापनमा सहजीकरण हुने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।
उद्घाटन कार्यक्रममा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, संघीय सांसद शान्ति श्रेष्ठ, संविधान सभा सदस्य रामेश्वर फुयाँल, पूर्व सांसद कृष्ण बहादुर राई पनि थिए । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, कागेश्वरी मनोहरा नगरपालिका ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी पनि रहेका थिए ।
गोकर्णेश्वर ६ का वडाध्यक्ष नवराज लामा, ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, ९ का वडाध्यक्ष राजीव थापा, काठमाडौं ९ का वडाध्यक्ष भुवन लामालगायत उद्घाटनमा सहभागि रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: