काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ ।
लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिदैँ सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताए ।
बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ । परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताए ।
यस्तै बैठकले नेकपाको ७५औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभञ्जाङ पदयात्रा तथा साङ्गतिक कार्यक्रम गर्ने उनले बताए । स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उनले बताए ।
उनले कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षमा मुलुकलाई समुन्नत, समृद्ध र विश्वको अन्य देशको हाराहारी मुलुकलाई पुर्याउने सङ्कल्प पार्टीले लिएको बताए । उपमहासचिव ज्ञवालीले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य हुने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: