Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बुर्किनाको चर्चमा आक्रमणकारीहरूद्वारा १५ उपासकको हत्या

खबरडबली संवाददाता

एजेन्सी । उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् । 

डोरी सुबाका पादरी जिन–पियरे सवाडोगोले विज्ञप्तिमा भनेका छन्, “फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ ।” उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए । 

बुर्किना फासोमा शान्ति र सुरक्षाका लागि आह्वान गर्दै सावाडोगाले ‘हाम्रो मुलुकमा मृत्यु र आतङ्क मच्चाउने मानिसहरूको निन्दा’ गरे । हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किना फासो, माली र नाइजरको साझा सीमा नजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ । 

यो आक्रमण यस क्षेत्रमा सक्रिय जिहादी समूहहरूमाथि अत्याचारको शृङ्खलामा पछिल्लो हो । आक्रमणमा केहीले ईसाई चर्चहरूलाई निशाना बनाएका छन् भने पादरीको समेत अपहरण गर्ने गरेका छन् । बुर्किना फासो विशाल साहेल क्षेत्रको हिस्सा हो । यसलाई सन् २०११ मा लिबियाको गुहयुद्धपछि बढ्दो हिंसात्मक उग्रवादविरुद्धको लडाइँमा बन्द गरिएको छ । त्यसपछि सन् २०१२ मा उत्तरी मालीमाथि इस्लामवादीहरूले कब्जा गरेका छन् । 

सन् २०१५ मा बुर्किना फासो र नाइजरमा जिहादी विद्रोह विस्तार भएको हो । सन् २०२२ मा एक वर्षभन्दा पनि कम समयमा मुलुकमा दोस्रो सत्ता विद्रोहका रूपमा क्याप्टेन इब्राहिम ट्रोरेले सत्ता कब्जा गरेका थिए । दुवै सत्ता विद्रोह जिहादी हिंसालाई रोक्न सरकारको असफलतामाथि असन्तोषका कारण उत्पन्न भएको थियो । उक्त हिंसामा बुर्किना फासोमा कम्तीमा २० हजार मानिस मारिएका थिए भने २० लाखभन्दा बढी विस्थापित भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: