गण्डकी । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कांग्रेसले देशको आमूलपरिवर्तनमा विशिष्ट योगदान गरे पनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताएयो । राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उनले स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताए । नेपाली समाजमा कांग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पु¥याउनुपर्ने आवश्यकता उनले औँल्याए ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादलाई मूल आदर्शका रुपमा लिँदै स्थापित कांग्रेस स्थापनाका मूलआदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बनेको बताउनुुभयो । जनताले अनुभूति गर्ने किसिमको कांग्रेस बनाउनुपर्नेमा उनले जोड दिए । कांग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट सङ्कल्पपत्र तयार गरिएको उल्लेख गर्दै उनले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताए ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठलगायतले कांग्रेसलाई आम जनतामाझ पु¥याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका पार्टीका उपसभापतिसहित ८८ जना सहभागी रहेका कांग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: