पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माणको माग गरिएको हो ।
परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्रयाक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गका विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधि छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष महेन्द्रजङ्ग लामिछानेले जानकारी दिए ।
गत सोमबार पर्वत आएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माणस्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो । दुवै पालिकाका जनप्रतिनिधिले संयुक्तरुपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् ।
योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा सो योजनासमावेश गर्ने प्रतिबद्धता जनाए । “यहाँहरुले माग्नुभएको योजना महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भने, “आगामी वर्षको बजेटमा योजना समावेश गरी पुल निर्माण गर्न पहल गर्छौं ।”
गत वर्ष गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ संसद् विकास कोषको रकमबाट रु १० लाख विनियोजन गरी पुलको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । डिपिआरमा पुल निर्माणको कूल लागत झण्डै रु १० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । पुलको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।
मोटरेवल पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाइएको भए पनि बजेट विनियोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए । पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर र पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं ६ र कुश्माको वडा नं ८ ले पुल निर्माणका लागि सिफारिस गरिएको कुश्मा नगरपालिका–८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: