Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो । 

आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरुमा अभ्याससहितको प्रदर्शनी थालिएको हो ।  परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४का वडाध्यक्ष बिनोद तामाङले जानकारी दिए । उनको अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो । 

“मञ्जुश्री संवत्अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप ९घोडचढी नृत्य० मौलिक संस्कृति हो ।” उनले भने, “घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।” 

घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृष्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिए । 

“नाचमा सहभागीको सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्ध जनशक्तिअनुसार गरिन्छ”, उनले भने, “सेता वस्त्र धारण गरेका गोरखाली राजा (गोर्खइ ग्यल्पो) र रातो वस्त्र धारण गरेकालाई तिब्बती राजा (ल्हसई देव) भनिन्छ ।” शालिनरुपमा सुरु हुने प्रस्तुतिमा घोडाको उत्पत्ति कहाँ भएकोबाट सुरु भएर क्रमशः युद्धमा परिणत हुँदै दुवै पक्षको जितको निष्कर्षसहितको समापन गर्ने भएकाले घोडानाचमा सद्भाव र युद्धको समिश्रण पाइने घोडा नाचको संरक्षणमा जुटेका लामाको भनाइ छ ।

“वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकिछिपीको अभिनयले नाचलाई आकर्षण र अवधि बढाउछ”, उनले भने, “गोरखाली राजहरु डसङमा प्रवेश गर्नासाथ तिब्बती राजा युद्धमा होमिन्छन् । तेस्रो पटकको युद्धमा ‘कसैले पनि नहारे’ निष्कर्षमा सहमति जुट्दछ ।”

गोर्खालीले आफ्नो चामलसँग तिब्बतीको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर घोडा नाचको ‘युद्ध नृत्य’ अन्त्य हुन्छ । यसबाट तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यता जोडिन्छ ।

युद्ध तथा अन्य कारणले दिवङ्गत भएका व्यक्तिको भड्किएको आत्माको चिरशान्तिको कामना र कुलदेवता खुसी बनाई समाजमा सुख एवं शान्ति मिल्छ भन्ने विश्वासमा नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा हरेक वर्ष माघ ३ गतेदेखि ७ गतेसम्म छेज्यु पर्व मनाइने गरिएको छ । उक्त पर्वमा घोडा नाचलाई अनिवार्य सामेल गराइन्छ । 

नुवाकोटको किस्पाङसहित म्यागङ गाउँपालिका र रसुवा र धादिङमा घोडा नाचको प्रस्तुती देखाइने गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको संस्कृतिले असर पु¥याएसँगै किस्पाङ गाउँपालिकाले मेला महोत्सवसहित औपचारिक कार्यक्रममा घोडा नाचलाई सहभागी गराउन थालिएको उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । 

“तामाङ समुदायले छेज्यु, ल्होछार र अन्य औपचारिक कार्यक्रममा घोडा नाच नाच्ने चलन भए पनि हराउँदै गएपछि स्थानीय सरकारले संरक्षणमा लागेको छ । मृत्यु संस्कारको घेवा कार्यसमेत पाँच दिने गरेर चेमा खेलाउने भएमा घोडा नाच अनिवार्य रहेको तथ्यलाई समेत उजागर गर्दै संस्कार र संस्कृतिमा स्थानीय सरकाराले सहयोग पुर्याउने छौँ”, उनले भने ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरूले प्रश्न गर्न नमिल्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ। इन्टरनेट सुविध...

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेल...

भियतनाम जाने पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं। नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी- ४ २०२४ मा सहभागी हुने ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ। भियतनामको दनाङ प्...

दुई दशकदेखि बेपत्ता शमशेर रोगले ग्रस्त पारेपछि घर फर्किए

मोरङ ।  दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । अहि...

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष...

निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

दाङ । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको ...

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई न...

मन्त्रिपरिषद् बैठक चलिरहँदा किन गए लोसपा नेता सिंहदरबार ?

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता श...

भी लेन ३९ काे “माया” सार्वजनिक

काठमाडौं । र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका  र्यापर  (भी लेन ३९ )ले  आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा उनल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies