काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले आफूहरूले सुरुदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिएको स्मरण गरे। नियमित महाधिवेशनको समय आइसकेकाले त्यही प्रक्रियाबाट नेतृत्व चयन गर्दा पार्टी बलियो हुने आफ्नो धारणा रहेको उनले बताए।
‘हामीले विशेष महाधिवेशन नगरौँ, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौँ,’ सिंहले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो। नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ। त्यसले पार्टी बलियो हुन्छ भनेका थियौँ।’
विशेष महाधिवेशनपछि कांग्रेस झनै कमजोर बनेको र पार्टी फुटको अवस्थामा पुगेको उनको दाबी छ। सिंहले विशेष महाधिवेशनलाई अवैधानिकसमेत भनेका छन्।
उनका अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासको पछिल्लो आदेशले समेत विशेष महाधिवेशनमा विधि र प्रक्रिया पालना नभएको विषय औँल्याएको छ।
‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै भन्यो– विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन,’ उनले भने, ‘निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेर।’
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अब न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने भन्दै सिंहले त्यस क्रममा आफ्नो पक्षले न्याय पाउने दाबी गरे।
उनले पार्टीभित्रको विवादलाई थप जटिल बनाउनेभन्दा विधि, प्रक्रिया र नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा पनि राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: