सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेकोे बताएका छन् ।
कैलालीमा शुक्रबारदेखि सुरु भएको सूचनाको हकसम्बन्धी अभिमुखिकरणमा मुख्यमन्त्री शाहले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारे । उनले भने, “राज्यका निकायहरुमा जवाफदेहिता र पारदर्शिता भएन भने हामी कहीँ पुग्न सक्दैनौँ, यसमा सूचनाको हकको विषय महत्वपूर्ण हुन्छ ।”
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सूचनाको हकको प्रयोग र प्रचलनमा नागरिकको अर्थपूर्ण सहभागिता हुन जरुरी रहेको बताए ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्दले राज्यले ल्याएको सूचनाको हकको कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै नागरिकको हितका लागि यो अभियान थालिएको बताए ।
सूचनाको हक कार्यान्वयनका अभियन्ता यदुनाथ बञ्जाराले सूचनाको हकसम्बन्धी ऐन २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधि तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने र सूचना माग्न आउनेलाई १५ दिनमा सूचना दिनुपर्ने कानुनी व्यवस्था रहेको बताए ।
सो कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्य, पत्रकारद्वय दीर्घराज उपाध्याय र चित्राङ्ग थापालगायतले पनि सूचनाको हक कार्यान्वयनको वर्तमान अवस्थाको जानकारी गराए ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको अभिमुखीकरण शनिबारसम्म सञ्चालन हुनेछ । नेपालको संविधान २०७२ मा नागरिकको मौलिक हकका रुपमा सूचनाको हकको व्यवस्था गरेको छ र मुलुकमा सूचनाको हकसम्बन्धी अलग्गै कानुन पनि छ । तर कतिपय सार्वजनिक निकायले आफूले गरेका गतिविधिको सूचना प्रवाहमा आलटाल गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय सूचना आयोगले गएको १६ वर्षमा सूचना नदिने विभिन्न निकायका ३६ भन्दा बढी सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाही गर्नुपर्ने अवस्था आएको जानकारी सो कार्यक्रममा दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: